श्रीलङ्का बिस्फोटः सरकारी लापरवाहीमाथि बढ्यो विवाद, हुनेछ अनुसन्धान


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

श्रीलङ्काका अधिकारीले आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोट कुनै अन्तरराष्ट्रिय नेटवर्कको मद्दतले गराइएको बताएका छन् ।

सरकारले यसका लागि एक स्थानीय जेहादी गुट – नेशनल तौहीद जमात – को नाम लिएको छ । यद्यपी अहिलेसम्म कसैले पनि हमलाको जिम्मेवारी लिएको छैन ।

यसैबीच श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेनाले सोमबार मध्यरातदेखि संकटकालको घोषणा गरिएको जानकारी दिएका छन् ।

आइतबार कोलम्बोसमेत विभिन्न स्थानमा चर्च र होटलमा भएको आठ बम बिस्फोटमा २९० को मृत्यु भएको थियो भने लगभग पाँच सय घाइते भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बढ्यो विवादः

यसैबीच हमलाबारे पहिले नै चेतावनी पाएपछि पनि सरकारको तर्फबाट कुनै ठोस् कदम नउठाएको आरोपमा श्रीलङ्कामा हंगामा मच्चिएको छ ।

राष्ट्रपति सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँगको कुराकानीमा सरकारको तर्फबाट कुनै त्रुटि भए नभएको बारे अनुसन्धान हुने बताए ।

यसअघि श्रीलङ्काकाका एक वरिष्ठ मन्त्री रजित सेनारत्नले कोलोम्बोमा पत्रकारसँग अन्तरराष्ट्रिय गुप्तचर एजेन्सीले यस्तो हमलाको चेतावनी दिएको थियो तर यो सूचना प्रधानमन्त्री रनिल विक्रमसिंघेसम्म पुग्न नसकेको जानकारी दिएका थिए ।

मन्त्रीले यो हमला कुनै अन्तरराष्ट्रिय नेटवर्कको सहायता बिना पूरा गर्न असम्भव लाग्छ ।

पुलिसका अनुसार अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ तरपनि हमलामा कसको हात छ भनेर पत्ता लाग्न सकेको छैन ।

मृतकमा ३६ विदेशी नागरिक छन् जसमा ८ भारतीय पनि समावेश छन् ।

हमलाकर्तालाई देखेको दाबीः

नेगोम्बोमा एक व्यक्तिले एएफपीलाई दिएको जानकारी अनुसार सेन्ट सेबस्टियन चर्चमा उनी श्रीमतीसँग प्रार्थना गर्न गएका थिए । तर त्यहाँ अत्यधिक भीड भएकाले उनी उभिन चाहेनन् र अर्को चर्चमा गएको जानकारी दिए ।

दिलिप फर्नान्डो चर्चबाट त निस्किए तर उनका परिवारका केही सदस्य भित्र थिए । उनले आत्मघाती हमलाकर्तालाई देखेको दाबी गरे ।

दिलिपले भने, ‘त्यहाँ मैले एक युवकलाई भारी ब्याग बोकेर चर्च भित्र आएको देखेको थिएँ । उनले मेरो हजुरबुवाको टाउको पनि छोएका थिए । ती युवक नै हमलाकर्ता थिए ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com