नेपालमा मकवानपुर हेटौंडा–१७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको अष्ट्रेलियामा निधन भएको छ । उनको शनिवार बिहान निधन भएको जनाइएको छ ।
पानी पिउने बेला श्रेष्ठ एक्कासी बेहोस भएका थिए । श्रेष्ठलाई उपचारको लागि कोगाहाङस्थित सेन्टजर्ज अस्पतालमा उपचारको क्रममा बिहान ६ बजे निधन भएको हो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ । सन् २०१८ मा पत्नी दुर्गा अधिकारीको डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया गएका श्रेष्ठ परिवार कोर्गाह बस्दै आएको थियो ।
श्रेष्ठको ४ वर्षीय एक छोरा रहेको बताइएको छ । यसैबीच श्रेष्ठलाई अन्तिम संस्कारका लागि शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । शव नेपाल पठाउनका लागि आवश्यक सहयोग जुटाउन अष्ट्रेलियावासी नेपाली समुदायमा अपिल गरिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।