निकै चुनौतिका वीच जनतासँग गरेको बाचा पुरा गरेरै छाड्यौं– अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

नेपाल कम्युननिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्वलाई एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य कसरतहरु निकै भएको बताउनुभयो ।
उहाँले निकै चुनौतिका वीच जनतासँग गरेको बाचा अनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं,’ नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो ।

प्रचण्डले नेपालको शान्ति प्रक्रियाप्रति पनि शंका पैदा गर्ने कोसिस भएको बताए। ‘हाम्रै घर आँगनमा मौलिक ढंगले पैदा भएको शान्ति प्रक्रियाप्रति शंका पैदा गरियो,’ उहाँले भन्नुभयो, ‘यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम छ भन्ने कुरामा आशंका गरियो।’

जनयुद्ध र जनआन्दोलनलाई एकअर्काको पुरक बनाउँदै आफूहरु साहसका साथ अघि बढेको बताउदै ‘दुई कम्युनिस्ट पार्टी, दुई विचारधारा र प्रयोगबाट अघि बढेका कम्युनिस्ट नेताहरु साहसका साथ अघि बढ्यौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरु जिम्मेवार भएको उहाँको भनाइ थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सजिलो नभए पनि पार्टी एकताको मिसन पूरा गरेको भन्दै प्रचण्डले यसबाट प्रतिक्रियावादीका लागि झट्का लागेको र आफूहरुका लागि नयाँ उत्साह भएको समेत उहाले बताउनुभयो । उहाले पार्टीले माक्सवाद, लेनिनवाद विचारधारमा टेकेर समाजवादतिरको यात्रामा अघि बढ्ने समेत उहाको भनाइ थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com