तारा एयरको विमान मन्थलीमा रनवेबाट चिप्लियो , सबै यात्रु सकुशल


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो।

काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । दुर्घटना भएको विमानमा १४ जना यात्रु चढेका थिए । दुर्घटनाबाट मानवीय क्षति नभएकाे प्रहरीले जनाएको छ।

राजधानी त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलमा निर्माणकार्य भैरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्।

विमान दुर्घटना भएपनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइेपछि मात्र उडान सूचारु हुने बताइेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com