श्रीलंका विष्फोटमा मृतकको संख्या २९० पुग्यो , आत्मघाती बम आक्रमण भएको अनुमान
प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन् । इस्लाम धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आईतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणलगत्तै श्रीलंकाभर लगाइेको कर्फ्यू सोमबार बिहानबाट हटाइेको छ । यद्यपि घटनापछि सामाजिक सन्जालमा लगाइेको प्रतिवन्ध कायमै छ ।
प्रहरीले शंकास्पद २४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । उनीहरुको सम्पर्क अन्तर्ाष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भैरहेको बीबीसीले जनाएको छ ।
यद्यपि अझैसम्म आक्रमणको जिम्मा कुनै पनि संगठनले लिएको छैन । केही स्थानमा आत्मघाती बम आक्रमण भएको अनुमान गरिएको छ । आक्रमणको विश्वव्यापी रुपमा आलोचना भएको छ ।
श्रीलंकामा सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।