नाम भारतीय क्राइम ब्रान्च काम काम तस्करी


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

गाडीमा भारतीय क्राइम ब्रान्चको नाम राखेर तस्करी हुने गरेको पाइएको छ। क्राइम चेक अर्गनाइजेसनको सचिव लेखिएको गाडीमार्फत् लागू औषध तस्करी हुने गरेको पाइएको हो।

बिआर ३१ एम ५०५१ नम्बर प्लेटको भारतीय कारमा क्राइम चेक अर्गनाइजेसनको सचिव लेखेर गाँजा तस्करी गर्दै गरेका बेला सो गाडीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रदेश ३ प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त कार र चालकलाई पक्राउ गरेको जानकारी दिएको छ। कारबाट प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजासमेत बरामद गरेको छ।

कार चालक भारत विहारको बैशाली ग्राम हसिकैवल–५ घर भएका ३२ वर्षीय अमरजित सिंह पनि पक्राउ परेका छन्। उनलाई हेटौडा उपमहानगरपालिका–९ तीनपिप्लेबाट शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ। उनी उक्त कारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेका बेला पक्राउ परेका हुन्। कारको सिटमुनि फल्स बटममा ८ वटा पोका बनाएर उनले गाँजा तस्करी गरेका थिए। उनलाई लागू औषध ऐनमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com