किमलाई सुनाउने ट्रम्पको सन्देशको प्रतिक्षामा दक्षिण कोरिया


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको सन्देश उत्तर कोरियाली नेता किम जोङ–उनलाई हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताएका छन्  ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार त्यस्तो सन्देश दुबै नेताबीच हुने सम्भावित अन्तर–कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ । तर अन्तर कोरियाली चौथो सम्मेलनको मिति अझै घोषणा भएको छैन ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले गोप्य स्रोतलाई उल्लेख गरी राष्ट्रपति मूनले ट्रम्पको सन्देश उत्तरसम्म पुर्याउन उपयुक्त समयको प्रतिक्षामा रहनुभएको जनाएको थियो । मूनले राष्ट्रपति ट्रम्पलाई यसै महिनाको शुरुमा ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए । उनीहरुको भेटका क्रममा वासिङ्टन र प्योङयाङबीचको अबरुद्ध निःशस्त्रीकरण वार्ता पुनः शुरु गर्नेबारेमा छलफल भएको थियो ।

‘यदि अन्तर–कोरियाली शिखर सम्मेलन भएमा उत्तर कोरियाली नेतासम्म राष्ट्रपति ट्रम्पको सन्देश हस्तान्तरण गरिनेछ,’ राष्ट्रपति कार्यालयका अधिकारीले बताए । तर सन्देशमा रहेको व्यहोराबारे उनले कुनै कुरा उल्लेख गरेनन् ।
राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोईमा गत फेब्रुअरीमा भएको दोस्रो शिखर वार्ता आणविक निःशस्त्रीकरण र उत्तर कोरियामाथिको प्रतिबन्धका विषयमा समझदारी बनाउन नसकी बिफल भएसँगै दुबै मुलुकबीच आरोप प्रत्यारोप जारी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै महिनाको शुरुमा उत्तर कोरियाली नेता किमले दिनुभएको प्रमुख नीति भाषणमा संयुक्तराज्य अमेरिका कुनै नयाँ योजनाका साथ अघि आएमा राष्ट्रपति ट्रम्पसँग यसै वर्षको अन्त्यसम्ममा तेस्रो शिखर वार्ताका लागि तयार रहेको बताएका थिए । तर यस्तो प्रस्ताव प्योङयाङलाई पनि स्वीकार्य हुनुपर्ने किमको भनाई छ ।

नेता किमको उक्त धारणा सार्वजनिक भएयता उत्तर कोरियाले अमेरिका विरुद्धको आलोचनालाई तिब्र बनाएको छ । उत्तर कोरियाका वरिष्ट कुटनीतिक अधिकारीहरुले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले प्योङयाङको चाहनालाई राम्रोसँग बुझ्दै नबुझी असान्दर्भिक प्रतिक्रिया दिएको बताएका छन् ।

उत्तर कोरियाले यसै सन्दर्भमा गतसाता सुधारिएको नयाँ हतियारको परीक्षण गरेको छ । –योनहाप

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com