श्रीलङ्कामा सातौँ विस्फोट : थप २ जनाको मृत्यु
प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

छवटा शृङ्खलाबद्ध आक्रमणबाट आक्रान्त बनिरहेको बेला श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विस्फोट भएको छ ।
देहिवाला चिडियाखानाको पछाडि रहेको एक होटलमा सातौँ विस्फोट भएको छ ।
इन्डिया टुडेका अनुसार उक्त विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ ।
योसँगै श्रीलंकामा विस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा १५६ जनाको मृत्यु भएको छ ।
घटनामा ५ सयभन्दा बढी घाइते भएका छन् ।
मारिनेमा कम्तिमा ३५ जना विदेशी नागरिक रहेका छन् ।