युएईमा साथीले लिए नेपालि साथिको ज्यान


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएीको रसालखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए ।

उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भैरहेको थियो । आ-आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् ।

राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com