घरमा आगोलागि हुदाँ ३ बर्षिय बालकको मृत्यु
प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

बागलुङको निसीखोला गाउँपालिका २ देविस्थानमा घर जल्दा एक बालकको मृत्यु भएको छ ।
स्थानीय बिमल सुनारको घर नजिकै उनकै छोराहरुले घरमा कोही नभएको बेलामा खाना पकाउन लाग्दा घरमा आगलागि भएको हो ।
आगलागिबाट ३ बर्षिय विशाल सुनारको मृत्यु भएको छ । घरमै रहेका ५ बर्षिय विनोद सुनार चाहीँ भागेर ज्यान जोगाउन सफल भएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।