श्रीमान विदेशमा रहेका बेला रिनाको हत्या, यस्तो आवस्थामा भेटियो शव


प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

मोरङमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । जिल्लाको पथरीशनिश्चरे नगरपालिका १ की २९ वर्षीया रिना बस्नेतको शव शनिबार बिहान स्थानीय बजारमा फेला परेको हो ।

शुक्रबार साँझ सांगीतिक कार्यक्रम हेर्नका लागि घरबाट निस्किएकी बस्नेतको निवस्त्र अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहान मर्निङ वाकका क्रममा स्थानीयले फेला पारेको बताइएको छ । बस्नेतको शव डेरा गरी बस्दै आएको घर नजिकै भेटिएको थियो । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ ।

१४ वर्षीय छोराका साथ बस्दै आएकी बस्नेतको श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com