विमान कम्पनीले तलब नदिएपछि एयरहोस्टेजको सडकमै रुवाबासी भए पछी
प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

आर्थिक संकटले ग्रस्त भारतीय जेट एयरले महिनौंदेखि तलब नदिएपछि कर्मचारी आन्दोलित भएका छन्। दैनिक खर्च धान्न समेत मुस्किल भएको भन्दै कर्मचारीले शुक्रबार नयाँ दिल्लीमा प्रदर्शन गरेका हुन्।
उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगका लागि समेत अनुरोध गरेका छन्। उनीहरुले सडकमै रुवाबासी गरेका थिए। भारतीय सञ्चार माध्यम दैनिक भास्करको अनलाइन संस्करणका अनुसार कर्मचारीलाई घर खर्च चलाउन समेत मुस्किल भएको छ
परिवारका लागि आवश्यक खर्च कसरी जुटाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्। छोराछोरीको विद्यालयको शूल्क बुझाउन र नियमित किस्ता तिर्न समेत मुस्किल छ। कतिपय कर्मचारीले आफ्ना सवारी साधन र गरगहना धितो राखेर काम चलाइरहेका छन्।
भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत करिब २२ हजार कर्मचारी अहिले बिचल्लीमा परेका छन्। भारतमा पछिल्लो पाँच वर्षमा बन्द हुने यो सातौं एयरलाइन्स कम्पनी हो। बैंकको ऋणमा डुबेपछि जेयर एयरवेज आर्थिक संकटमा फसेको हो।