पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो (फोटो र भिडियो)


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो ।

अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रन–वे निर्माणका काम सकिएको निमित्त आयोजना प्रमुख कृष्ण पौडेलले बताए ।

पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो

 

विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भवनको काम धमाधम भएको पौडेलले बताए । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि सन् २०२० को डिसेम्बर भित्रै पोखरा विमानस्थलको काम सकिने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको उनले बताए । सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने उनले बताए । अहिले सम्म विमानस्थलको ३५ प्रतिशत काम सकिएको छ ।

पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो

अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरिरहेको पनि उनले बताए । उनले चैत महिना सम्ममा रन वे सम्पन्न भईसक्ने बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ ।

पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो देखीयो

पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com