तीन गुणा बढ्यो काठमाडौं–दिल्ली उडानको हवाई भाडा


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ ।

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन ।

कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए । उनका अनुसार एक साताअगाडि ८र९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com