काठमाडौँमा खानेपानी समस्या चाँडै समाधान हुन्छ : मन्त्री मगर


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

खानेपानी मन्त्री बिना मगरले काठमाडौँ उपत्यकामा खानेपानी समस्याको समाधान चाँडै हुने बताउनु भएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउँनु भएको हो । खानेपानीको समस्या समाधान गर्न आफुहरु योजनाबद्ध ढंगले लागिरहेको र यसले छिट्टै अवस्था सहज हुने उहाँको दावी छ । मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका उहाँले बताउनु भयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पुर्याउन सरकार लागिरहेको जानकारी दिनु भयो ।

भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले पनि काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको बताउनु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com