करिना कपुरलाई टिभिमा डेब्यु गर्न ८० करोड पारश्रमिक


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

करिना कपुर खान ती अभिनेत्रीमध्येकी हुन् जो टीभीबाट टाढै बस्छिन् । टीभीका कयौं सोबाट अफर आए पनि करिना सानो पर्दामा अटाउन चाहिनन् । अहिले सानो पर्दाबाट पनि मनग्गे धनको वर्ष हुन थालेको छ । जति पैसा फिल्मबाट प्राप्त हुन्छ त्योभन्दा कयौं धेरै टीभीबाट पनि प्राप्त हुन थालेको छ । टीभीमा फिल्मको भन्दा काम पनि थोरै गरे पुग्छ ।

अहिले आएर करिनालाई एक टीभी सो को अफर आएको खबर आएको छ । यो सोमा उनले जजको भूमिका निर्वाह गर्नुपर्नेछ । यसका लागि करिना राजी त भैन् तर यसका लागि उनले ठूलो राशि पारिश्रमिक मागेकी छन् ।

खबरानुसार ‘डान्स इन्डिया डान्स’ नामक सो आउदैछ । यसका निर्माताले करिनालाई सोको जज बन्न आग्रह गरेका छन् । करिनाले प्रतिएपिसोड तीन करोड रुपैयाँसम्म मागेकी छन् । यो सोको लगभग ३० एपिसोड प्रसारित हुँदैछ । यसबाट करिनाले ८० देखि ९० करोड कमाउने छिन् त्यो पनि तीन महिनामा ।

अहिले करिना र निर्माताबीच सम्झौताका लागि छलफल चलिरहेको छ । नियम र सर्त बनाइँदै छ । करिनाले कहिले र कति घण्टा काम गर्नुपर्छ भन्ने नियम तय हुँदैछ ।

सर्तनामा मिल्यो भने करिना यही सोबाट टीभीमा डेब्यु गर्नेछिन् । यो सोका निर्माता करिनाको लोकप्रियताबाट फाइदा उठाउन सक्ने भएकाले यति धेरै पारि श्रमिक दिन तयार भएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com