नौ महिनाका एक सय ७५ को मृगौला प्रत्यारोपण
प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले चालू आर्थिक वर्षको नौ महिनामा एकसय ७५ जनाको मृगौला प्रत्यारोपण गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले गएको साउनदेखि चैतभित्र एक सय ७५ जनाको मृगौला प्रत्यारोपण गरिएको जानकारी दिए।
उनले चालू आर्थिक वर्षमा दुई सय जनाको मृगौला प्रत्यारोपण गर्ने लक्ष्य रहेको सुनाए। ‘गत वर्ष १५३ जनाको मृगौला प्रत्यारोपण गरेका थियौं’, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘चालू आवमा भने दुई सय जनाको मृगौला प्रत्यारोपण गर्ने लक्ष्य राखेका छौं।’अन्नपूर्ण पोष्टबाट