सर्वेक्षण भन्छः टोकियोमा अधिकांश विदेशीमाथि भेदभाव


प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

जापानको राजधानी टोकियोमा बस्ने अधिकांश विदेशी नागरिक भेदभावको शिकार हुने गरेको एक सर्वेक्षणले देखाएको छ । एण्टि रेसिजम इन्फर्मेशन सेण्टरले गरेको सर्वेक्षणअनुसार ३ सय ४० जनामध्ये १ सय ६७ जनाले आफू भेदभावको शिकार भएको अभिव्यक्ति दिएका थिए ।

उनीहरु रंगभेदी व्यवहारको शिकार हुनुका साथै जापानी भाषाभन्दा अर्को भाषा बोल्नमा पनि उनीहरुलाई रोक लगाइएको सर्वेक्षणमा सहभागिले बताएका छन् । केही खुद्रा पसलमा काम गर्ने विदेशी क्याशियरले ग्राहकहरुले जापानी क्याशियरको माग गर्ने गरेको पनि बताए ।

यो सर्वेक्षण फेब्रुअरी र मार्चको बीचमा सञ्चालन गरिएको थियो । कुनै कुनै ग्राहकले त विदेशीलाई क्याशियरको रुपमा काम गरिरहेको आफूलाई मननपर्ने समेत बताउने गरेका जापानी औषधी पसलमा काम गर्ने एक नेपाली व्यक्तिले बताए ।

त्यस्तै विदेशीहरुलाई आफ्नो भाषा बोल्न समेत नदिने गरेको एक चिनियाँ व्यक्तिले दुखेःसो पोेखे । साथै अपार्टमेण्टका लागि आवेदन पनि विदेशी भएकै कारणले अस्विकृत हुने गरेका उदाहरणहरु पनि प्रशस्तै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशीहरुले भोग्नुपरेका भेदभाव विरुद्ध कुनै ठोस कदम चाल्ने बारे सरकारको ध्यानाकर्षण नभएको नागरिक समाजका प्रतिनिधि योंग सोंगले बताए । सरकारले विदेशीले कस्ता प्रकारका भेदभावहरु भोग्नुपरेको छ भन्ने बारे बेलाबेलामा सर्वेक्षणको आयोजना गर्ने र समाधानका उपाय पनि चाल्नुपर्नेमा उनले जोड दिएका छन् ।

यो समस्याका सम्बोधनका लागि सरकारी अधिकारीको संलग्नता हुने संयन्त्रको स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ । सरकारले बढीभन्दाद बढी विदेशी कामदार भित्र्याउने तयारी गरिरहेकाद बेला यो कदमको निकै महत्व रहेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com