छोरी बलात्कार गर्ने बाबुलाई १६ वर्ष जेल सजाय


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

देशमा एकपछि अर्को गर्दै बलात्कारको घटना बाहिरिएको छ । हाड नाता भित्र नै बलात्कार हुँदै आएको घटनाहरु धेरै छन् । कोही मदिराको नसामा त कोहीले राम्रै अवस्थामा हुँदा पनि स – साना बालिकादेखि वृद्धासम्मलाई छोडेका छैनन् बलात्कारीहरुले।

छारीलाई हरेक ठाउँमा आफू जोगिन कठिन भएको छ । आफ्नै घर, बाटो,स्कुल र अफिस लगाएतका ठाउँहरुमा जता पनि बलात्कारीको सिकार बन्नुपरेको छ । कुनै पनि स्थानहरुमा सुरक्षित देखिदैन । यस्ता घटनाहरु कम गर्ने सरकारले प्रयास त गरेको देखिन्छ । तर घटना कम भएको भने छैन । यस्तै एक बाबुले १६ वर्षिया छोरीलाई बलात्कार गरेको छ । उनले आफ्नै जेठी श्रमतीबाट जन्मेकी छोरीलाई बलात्कार गरेको अभियोग लागेको छ ।

अदालतले काठमाडौंको नागार्जुनमा बस्दै आएका रामबहादुर परियारलाई जबरजस्ती करणीमा १६ वर्ष सजाय गर्ने फैसला सुनाएको छ । उनलाई ६ वर्ष र हाडनाता करणीमा १० वर्ष सजाय सुनाएको हो । परियारले आफू होसमा नभएर छोरीलाई बलात्कार गरेको बताइएको छ ।

क्रिस्चियन धर्म मान्दै आएको परियारले मिर्गौलाको समस्या भएको कारण उपचारका गर्न काठमाडौं आएको बयान दिएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com