भारतले गुगल र एप्पलको ऐप स्टोरबाट ’टिक टक’ हटाइयाे


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

भारतमा सरकारको आग्रहपछि गुगल र एप्पलको ऐप स्टोरबाट ’टिक टक’लाई हटाइएको छ । दुवै कम्पनीले आफ्नो डाउनडोल स्टोरबाट ’टिक टक’ हटाएका हुन ।
सोमबार ’टिक टक’विरुद्ध भारतीय सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको थियो । सर्वोच्चले २२ अप्रिलमा यसको सुनुवाई गर्ने मिति समेत तोकेको थियो।

सर्वोच्चले हाइकोर्टको आदेशपछि मात्र यो विषयमा सुनुवाई गर्ने र सर्वाेच्चमा मद्रास हाइकोर्टको फैसला रोक्न माग गरेकोमा त्यसलाई भने अस्वीकार गरेको छ । मद्रास हाइकोर्टमा यसै विवादसम्बन्धी मुद्दा सुनुवाई भइरहेको भन्दै सर्वोच्चले आफ्नो पेशी सारेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com