नर्थ क्यारोलाइनामा शनिबार तेस्रो ‘नेपाल डे’, नेपाली कला संस्कृति झल्काइने


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

अमेरिकाको नर्थ क्यारोलाइनाको  मोरिस्भिलमा यही अप्रिल २० तारिख शनिबार विविध कार्यक्रमका साथ तेस्रो नेपाल डे कार्यक्रम सम्पन्न हुँदै छ ।कार्यक्रमको पूर्वसन्ध्यामा वेक काउन्टी बोर्ड अफ कमिसनरको बैठकमा काउन्सिल चेयर जेसिका होम्सले अप्रिलको तेस्रो शनिबार नेपाल डे को रुपमा मनाउने सार्वजनिक घोषणा  गर्नुभयो ।

नर्थ क्यारोलाइना र खास गरी वेक काउन्टी क्षेत्रमा नेपालीहरूको बसोबास रहेको र यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा नेपाली समुदायको उल्यख्य योगदान रहेको बताउंदै जेसिका होम्सले काउन्टीले नेपाल डे घोसणा गरेर गरेर नेपाली समुदायको योगदानको सम्मान गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । काउन्सिल चेयर जेसिका होम्सले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना ( एन सी एन सी ) का अध्यक्ष डा बटु शर्मालाई घोषणा  हस्तान्तरण गर्दै शनिबार मोरिस्भिलमा हुने कार्यक्रममा आफु सहभागी हुने जानकारी गराउंदै काउन्सिल बैठकमा उपस्थित सबैलाई सहभागी हुन् अनुरोध गर्नुभयो ।

कार्यक्रममा एन सी एन सीका अध्यक्ष डा बटु शर्माले नेपाल डे घोषणा  मार्फत वेक काउन्टीले नेपाली समुदायलाई ठुलो सम्मान दिएको र यो विशेष पहिचानले नर्थ क्यारोलाइनबासी नेपाली समुदायलाई निक्कै उत्साही बनाएको बताउनुभयो । मन्तव्यको क्रममा डा शर्माले नेपाल डे कार्यक्रममा उपस्थित भई नेपाली संस्कृतिको अवलोकन गर्न र नेपाली खानाका परिकारहरूको स्वाद लिनको लागि सबैलाइ निम्तो दिनुभयो ।कार्यक्रममा मोरिस्भिल टाउनका निर्वाचित सदस्य स्टीव रावले तीन वर्ष अघि टाउन अफ मोरिस्भिलले पहिलो पटक नेपाल डे घोषणा गरेको र त्यसैको निरन्तरता स्वरुप दोस्रो बर्षबाट काउन्टीले पनि नेपाल डे घोषण गरेको स्मरण गराउंदै नेपाली समुदायलाई बधाई दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाले आफु जहिले पनि नेपाली समुदायसंग सहकार्य गर्न उत्साही हुने बताउनुभयो । कार्यक्रममा वेक काउन्टीका बोर्ड अफ कमिसनार सदस्यहरूका साथै एन सी एन सीका पदाधिकारीहरू र नेपाली समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।

नेपाल डे कार्यक्रमका सहसंयोजक तथा एन सी एन सीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र कार्कीका अनुसार विभिन्न उपसमितिका सदस्यहरू आ-आफ्नो जिम्मेवारीमा जुटेको र कार्यक्रमको अन्तिम तयारी पूरा भैसकेको छ ।मोरिस्भिलको टाउन हाल ड्राइभस्थित सीडार फोर्क कम्युनिटी सेन्टरबाट सनिवार बिहान ११ बजे परेड शुरु हुने र चर्च स्ट्रीट पार्कमा पुगी औपचारिक समारोहामा परिणत हुने कार्यक्रम रहेको छ ।

यस पटकको कार्यक्रम अघिल्ला बर्षहरूकोभन्दा पनि विशेष हुने बताउनुहुन्छ एन सी एन सी बोर्ड अफ ट्रष्टीका अध्यक्ष्य तथा नेपाल डे कार्यक्रमका अर्का सहसंयोजक डा ठाकुर बाबु कार्की ।कार्कीका अनुसार कार्यक्रममा नेपाली संस्कृति झल्किने झाँकी, गीत, नृत्य, नेपाल र नेपाली संस्कृति झल्किने स्टलहरू, नेपाली खानाका परिकार आदि रहनेछन र कार्यक्रममा नर्थ क्यारोलाइना र वरपरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।नेपालको हिमालदेखि तराइसम्मको वेशभूषा झल्किने गरी तयार पारिएको “फेसन सो” यस पटकको नेपाल डेको विशेष आकर्षण हुने र यसले हाम्रो समुदायमा “विविधतामा एकता” को संदेश दिने कुरामा विश्वस्त हुनुहुन्छ साँस्कृतिक समितिकी सहसंयोजक तेजस्वी गिरि ।

आयोजकका अनुसार नेपाल डे कार्यक्रममा अमेरिकाका लागि नेपाल सरकारका राजदूत डा अर्जुन कार्की, नर्थ क्यारोलाइनाका सेक्रेटरी अफ स्टेट एलेन मार्शल, वेक काउन्टीकी चेयर जेसिका होल्मस्, सेनेटर जय चौधरी, सेनेटर साम सरसी, सेनेटर विली निकेल, मोरिस्भिल टाउनका मेयर टी जे कोली लगायत विशिष्ट अतिथिहरू उपस्थित हुनुहुनेछ ।

यसै बीच मोरिस्भिल टाउनका मेयर टी जे कोलीले एक भिडियो संदेश मार्फत मोरिस्भिलमा हुन लागेको यो एतिहासिक कार्यक्रममा उपस्थितिको लागि सबैमा अनुरोध गर्नुभएको छ ।यस पटकको कार्यक्रममा नेपाली समुदायका र नेपाल र नेपाली समुदायलाई मायागर्ने झन्डै एक हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com