न्यूयोर्कमा नेपाल डे परेड २०१९, मे १९ मा


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

प्रवासमा रहेका नेपालीहरुको साझा कार्यक्रम नेपाल डे परेड २०१९, मे महिनाको १९ तारिख न्यूर्योकमा हुने भएको छ । हरेक बर्ष विश्वको राजधानी मानिने न्यूर्योक शहरमा आयोजना हुँदै आएको नेपाल डे परेड भव्य रुपमा सम्पन्न गर्न आयोजक समितिले आग्रह गरेको छ ।

नेपालको राष्ट्रियता झल्काउने र नेपालीहरुको पहिचान विश्व समुदायलाई जानकारी गराउने उदेश्यले आयोजना हुँदै आएको नेपाल डे परेड सम्पन्न गर्नका लागि शतेन्द्र शाहको संयोजकत्वमा एक समिति बनाइएको जनाइएको छ ।

‘हरेक बर्ष हामीले यसलाई प्रवासमा रहेका नेपालीहरुको साझा कार्यक्रमका रुपमा सम्पन्न गर्दै आएका छौं, यस बर्षपनि हामीले यसलाई एउटा पर्वका रुपमा मनाउनुपर्छ, कार्यक्रमका पूर्व कन्भेनर लुईसाङ वाइबाले भने, नेपाल डे परेड हाम्रो गौरवको कार्यक्रम हो, यसलाई सबै मिलेर सफल पारौं ।’ आयोजकको आब्हान छ ।

बिगत चार बर्षदेखी न्यूयोर्कको म्यानहाटनमा नेपाल डे परेड हुँदै आएको छ । नेपाल र नेपालीहरुको बिविध कला, सँस्कृति, भेषभुषा झल्काउने हिसाबले यो कार्यक्रम फलदायी हुँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com