पुलिसले दाह्री छोएको भन्दै ड्राइभरले निकाले तरवार (भिडियो)


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

आजकाल एउटा भिडियो सोसल मिडियामा निकै चर्चित भइरहेको छ । भारतको उत्तर प्रदेशको भनिएको उक्त भिडियोमा दुई सिख ट्रक ड्राइभर र उत्तर प्रदेशको पुलिसबीच बहस भइरहेको देख्न सकिन्छ ।

ड्राइभरको आरोप अनुसार पुलिसको गाडीलाई साइड दिनै लाग्दा पुलिसले ट्रकलाई ओभरटेक गरेर रोके । त्यसपछि उनी जबरजस्ती ट्रकबाट तल झरे । जब ड्राइभर तल झरे तब पुलिससँग बहस गर्न थाले । यसै बहसको क्रममा पुलिसले सिख ड्राइभरको दाह्री छोए जसका कारण ड्राइभर रिसाए र अर्को पुलिसलाई धक्का दिएर धम्क्याउन थाले ।

त्यसपछि ट्रक ड्राइभर थप रिसाए । उनी झटपट ट्रक तिर गए र तरवार निकालेर पुलिसलाई पुनः धम्क्याउन थाले । त्यसपछि पुलिसलाई भने, ‘हिम्मत छ भने अब हात लगाएर देखाउ ।’

अर्का पुलिसले उनीसँग कुरा गर्न चाहे र ‘कसले तिम्रो दाह्री छोयो’ भनेर सोध्न थाले । ड्राइभरले दाह्री छुने पुलिसतर्फ इशारा गरे ।

पुलिसका अनुसार थुप्रै पटक हर्न बजाउँदा पनि युवकले पुलिसको जिपलाई साइड दिएका थिएनन् । उनले भने, ‘के उनलाई त्यो पुलिसको गाडी भन्ने थाहा थिएन र ? उनीहरु तत्काल रोकिनुपर्ने उनलाई थाहा थिएन ?’

कुरा निकै बढ्यो र अन्त्यमा दुई युवकलाई नजिकको थाना लगियो ।

भिडियो हेर्नुहोस्ः

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com