विद्यार्थी भर्ना अभियान सुरु


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । सङ्घीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारा तय गरेको छ ।

विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा गैसकेकाले कतिपय स्थानीय तहले विद्यार्थी अभियानका लागि आफ्नो छुट्टै नारा तय गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले पाँचदेखि नौ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ९१ हजार पाँच जनालाई विद्यालयमा ल्याउने लक्ष्य लीएको जानकारी दिनुभयो ।

गत वर्ष सो उमेर समूहका दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइेको थियो । गत वर्ष विद्यालय बाहिर रहेकाहरुको अभिभावकत्व ग्रहण गर्ने गरी तामझामका साथ विद्यार्थी भर्ना अभियान थालिएको थियो, तर यस वर्ष त्यस्तो खासै योजना ल्याइेको छैन ।

उहाँले स्थानीय तहले नै विभिन्न योजना ल्याउन सक्ने उल्लेख गर्दै त्यसैले यस वर्ष सङ्घीय सरकारले त्यससम्बन्धी कार्यक्रम नल्याएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभिभावकलाई प्रशंसापत्र

कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रारम्भिक बालविकास र कक्षा १ मा आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न ल्याउने सबै अभिभावकलाई प्रसंशापत्र प्रदान गर्ने भएको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले आफ्ना छोराछोरी, नातिनातिना वा संरक्षकत्व ग्रहण गरेका फलानो बालबालिकालाई विद्यालयमा भर्ना गर्नुभएकोमा सधन्यबाद प्रशंसापत्र प्रदान गरिएको भनी प्रमाणपत्र दीने बताउनुभयो ।

सोही नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीले कक्षा १ मा भर्ना भएका सबै बालबालिकालाई निःशुल्क झोला उपलब्ध गराउने योजना रहेको बताउँदै सबैभन्दा बढी विद्यार्थी भर्ना गराउने विद्यालय र शिक्षकलाई पुरस्कार प्रदान गरिने बताउनुभयो । सो नगरपालिकामा करिव तीन हजार बालबालिकालाई कक्षा १ मा भर्ना गर्ने योजना छ ।

निःशुल्क पोशाक

बर्दियाको बाँसगढी नगरपालिकाले विद्यालयमा भर्ना हुन अौने कक्षा १ का सबै बालबालिकालाई निःशुल्करुपमा पोशाक उपलब्ध गराउने भएको छ ।

सो नगरपालिकाका प्रमुख शालीग्राम अधिकारीले सबैभन्दा बढी विद्यार्थी भर्ना गराउने विद्यालयलाई पुरस्कार प्रदान गर्ने योजना रहेको बताउँदै यसले गर्दा बढीभन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्न विद्यालयबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको बताउनुभयो ।

जनप्रतिनिधि घरघरमा

भक्तपुरको सूर्यविनायक नगरपालिकाका निर्वाचित जनप्रतिनिधि नयाँ विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रममा सहभागी हुने भएका छन् । नगरपालिका प्रमुख वासुदेव थापाले सघनरुपमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना बनाइेको जानकारी दिँदै भन्नुभयो, “हरेक दिन जनप्रतिनिधि घरदैलोमा शिक्षकसँगै हिड्ने छन् ।भर्नाका बेलामा पनि उनीहरु विद्यालयमा रहनेछन् ।”

पर्याप्त पाठ्यपुस्तक

जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि १० सम्मका दुई करोड १७ लाख थान पाठ्यपुस्तक छपाइ गरी जिल्लामा पठाइसकेको छ । केन्द्रका प्रवन्ध सञ्चालक महेश तिमिल्सिनाले पर्याप्त सङ्ख्यामा पाठ्यपुस्तक छपाइ गरिएकाले अभावका समस्या नहुने दावी गर्नुभयो ।

गत वर्ष एक करोड ५८ लाख थान पाठ्यपुस्तक छपाइ गरिएको थियो । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक रङ्गीन छपाइ गरिएको छ । त्यस्तै अङ्ग्रेजी माध्यममा पनि पाठ्यपुस्तक छपाइ गरिएको छ ।

“सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छन्” उहाँले भन्नुभयो, “त्यसैले त्यस्ता विद्यालयहरुका लागि अङ्ग्रेजी माध्यममा पनि पाठ्यपुस्तक तयार गरी छापिएको छ । कक्षा १ देखि १० सम्मका सबै विषयको पाठ्यपुस्तकलाई अङ्ग्रेजीमा पनि उपलब्ध गराइेको छ ।”गोरखापत्र दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com