नारायणी अस्पतालमा रहेको महँगो मेसिन सस्तोसँग साटियो


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

वीरगञ्ज  नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ ।  करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् ।

महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ । अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौँको एक ल्याबमा बिक्री गरिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com