सोलुखुम्बुमा विमान दुर्घटना,३ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज बिहानै हवाई दुर्घटना भएकाे छ । हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा पाइलटसहित तीनजनाको मृत्यु भएको हाे । समिट एयरको प्लेन उडान भर्ने क्रममा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएर साे दुर्घटना भएकाे हाे । घटनामा पाइलट र सुरक्षाकर्मीसहित  ३ जनाको मृत्यु भएको जनाइएकाे छ । थप विवरण आउन बाँकी….

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com