भिसा बुलेटिन : ग्रिनकार्ड होल्डरका यी दम्पत्ति र छोराछोरीलाई मे महिनामा ग्रिनकार्ड


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

अमेरिकी ग्रिनकार्ड होल्डरका सन् २०१७ को मे १५ भन्दा अगाडि प्राथमिकता मिति हुने दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले मे महिनामा ग्रिनकार्ड पाउने भएका छन् । अमेरिकी सरकारको विदेशमन्त्रालयबाट प्रकाशित भिसा बुलेटिन अनुशार ग्रिनकार्ड होल्डरका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि सन् २०१७ को मे १५ भन्दा अगाडि प्राथमिकता मिति हुनेगरी फाइल गरिएका आवेदनमा मे महिनामा अन्तिम निर्णय लिइने छ ।

त्यस्तै आई १३० स्वीकृत भइसकेका ग्रिनकार्ड होल्डरका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुको आवेदनको प्राथमिकता मिति सन् २०१८ को जनवरी ८ भन्दा अगाडि छ भने उनीहरुको आवेदन मे महिनामा ग्रिनकार्डका लागि प्रकृयामा लगिनेछ । उनीहरु अमेरिका भित्रै रहेको खण्डमा झण्डै ६ महिनाभित्र ग्रिनकार्ड र अमेरिका बाहिर रहेको खण्डमा आप्रवासी भिसा पाउने अपेक्षा गर्न सकिन्छ ।

मे महिनाको भिसा बुलेटिनलाई आधारमानेर हेर्दा ग्रिनकार्ड वाहकले श्रीमान् वा श्रीमतिका लागि ग्रिनकार्ड आवेदन दिएको खण्डमा ग्रिनकार्ड प्राप्त गर्नका लागि कम्तीमा २ बर्षको अवधि लाग्ने गरेको छ । त्यस्तै ग्रिनकार्डवाहकका २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि पनि झण्डै २ बर्षको अवधि लाग्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com