कञ्चनपुरको बन्साहामा खुकुरी हानाहान
प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

कञ्चनपुरमा दुईयुवाको समुहबीच खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहामा सञ्चालन भइरहेको रामलीला हेर्न गएका दुई युवाको समूहबीच विवाद भइ खुकुरी हानाहान भएको हो । खुकुरी हानाहान हुँदा २० वर्षीय सोनु राना र वर्षीय १९ को ओमी राना घाइते भएका हुन् ।
घाइते दुवै जनाको झलारी स्थित निजी मेडिकलमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने मध्येका राम बहादुर बिष्ट र सुनिल रानालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।