वीर अस्पतालको प्रांगणमै बिरामीको जाँच सुरु


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकका कारण सेवा ठप्प रहेको वीर अस्पतालमा सुरक्षाकर्मी परिचालन गरी सेवा सुरु भएको छ। समायोजन भएर स्थानीय तहमा गएको चिकित्सक सोही जिल्लाको अर्को स्थानीय तहमा सरुवा हुन पाउँदैन भन्दै सरकारी चिकित्सक आन्दोलित छन् ।

उनीहरूको आन्दोलनले पाँच दिनदेखि सरकारी अस्पताल ठप्प छन् ।अस्पतालको ओपीडी कक्षामा लगाएको ताला प्रहरीले खुलाएपछि चिकित्सकले अस्पतालको प्रांगणमा बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन्।

चिकित्सकले कार्यकक्षमा बिरामीको स्वास्थ्य परीक्षण भने गरेका छैनन्। सबै सरकारी चिकित्सकलाई केन्द्रमा समायोजन गर्न माग गर्दै चिकित्सक आन्दोलनमा उत्रिएको आज पाँच दिन भैसक्यो।

चिकित्सक आन्दोलनमा उत्रिएपछि बिरामी प्रभावित भएका छन्।बुधबार वीर अस्पतालको प्राङ्गणमा स्वास्थ्य जाँच गर्नेहरुको भीड लागेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com