गाउँमा सिंहदरबार : अर्घाखाँचीमा गाउँमै पुगेर नागरिकता वितरण, सदरमुकामको सेवा घरदैलोमा


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

– सुरज घिमिरे

जिल्ला सदरमुकामबाट मात्र प्रदान हुने सेवा आफ्नै गाँउबाट प्राप्त भएपछि अर्घाखाँचीको छत्रदेव गाँउपालिकाका स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।

जिल्ला प्रशासनबाट प्रदान हुने नागरिकता, जिल्ला कृषि ज्ञान केन्द्रबाट माटो परीक्षण, जिल्ला स्वास्थ्य कार्यलयबाट निशुल्क स्वास्थ्य जाँच र आँखा अस्पातालको निशुल्क आङ्खाग जाच, निशुल्क औषधी वितरणजस्ता जिल्लास्तरका सबै कार्यालयबाट प्रदान हुने सेवा प्रवाह शिविरमा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिंहदरबारको अधिकार घरघरमा भन्ने संघीयताको नारालाइ सफल बनाउन शिविर सञ्चालन गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

शिविरमा आउन जान गाउँपालिकाले घरघरमा बस र जीपको व्यवस्था गरेपछि शिविरमा झण्डै ४५ सय जनाले सेवा लिएका छन् । छत्रदेव गाउँपालिकाभित्र रहेका १ देखि ८ वडालाइ लक्षित गरी सार्वजनिक मावि छत्रगञ्जमा मंगलबार राखेको एकिकृत घुम्ती शिविरमा विनाझञ्झट छोटै समयमा सबै सेवा पाँउदा उनीहरु हर्षित भएका हुन् ।

नागरिकता बनाउनकै लागि दुई हजारसम्म खर्च तथा सदरमुकाम सन्धिखर्क आउन जान दिन बित्छ, तर यहाँ एक घण्टामै नागरिकता हातमा लिए, छत्रदेव वासीले ।

सिंहदरबारको अधिकार गाउँगाउँमा आएको र सवैले सहजपुर्ण रुपमा सेवा लिएको प्रतिक्रीया दिए ।

जिल्ला प्रशासनको आयोजना र छत्रदेव गाँउपालिकाको संयोजनमा शिविर सञ्चालन भएको हो । शिविरबाट झण्डै ४५ सयले सेवा प्राप्त गरेका छन् । विना झण्झट आफ्नै गाउँबाट जिल्ला सदरमुकाम बाट प्रदान गरिने सेवा प्रदान दिन शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

गाउँपालिकाले टोलैपिच्छे गाडीको सुविधा गरिदिएपछि सेवाग्राही धेरै आएका हुन् । गाउँमा आएको सेवा सबैले लिन पाउन् भनेरै गाडीबाट सर्वसाधारणलाई शिविरमा ल्याइएको थियो ।

शिविरमा नागरिकता २ सय ८१ थान वितरण गरिएको छ भने ३०४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । आयुर्वेद, स्वास्थ्य र आँखा जाँच मात्र ७ सयभन्दा बढीले गरेका छन् । उनीहरुले औषधी पनि निशुल्क पाएका छन् ।

सदरमुकाम जान टाढा भएकाले घरघमै गाडी र्पुयाएर शिविरमा आउने व्यवस्था गरिएकोले सेवाग्राहीलाई धेरै राहत पुगेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले माटो परिक्षण, घरेलु उद्योगले दर्ता, टेलीकमले सिमकार्ड वितरण, जिल्ला स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयले निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउँने, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम पनि सम्पन्न भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com