दुधे बालक छाडेर हिडेकी आमा संग छोराको २४ बर्ष पछि अचानक भेट


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर ।
२४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो ।

दीपककी आमा २४ बर्ष अघि घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् । केहि दिन अघि जव उनी आफ्नी आमाको मृत्यु भएको सुनेर रुपन्देहीको मुर्गिया आईन ।
त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन्, सुनिन् । गुल्मीको चन्द्रकोट पनि गीतको शव्दमा जोडिएकोले याे गीत गाउने केटा कसको छाेरा होला ? भनेर आफ्नी दिदी संग चासो राखिन् ।

साेधखाेजकाे क्रममा गीत गाउने गायक चन्द्रकोट स्थित फलानाको छोरा हो भन्ने खुल्यो । परिचय खुलेपछि उनकी दिदीले बुटवलमा रोईला गीत गाउने दिपकको खोजी गरिन् र अन्ततः आमा छोराको भेट गराईन ।
भेटमा दुबै भावुक भए । दुबैका आँखा रसाए । आमा भन्दै थिईन, मेरो विवसता थियो छोरा… । दिपक भन्दै थिए, मैले त तपाईलाई बिर्सी सकेको थिएँ , मेरी आमा भने कै मेरी फुपु नै ठानेको थिएँ ।

हिजोको त्यो बेसहारा बालक अहिले स्थानीय गायक कलाकार बनेका छन् । वाल्यकालमै आमाको ममता गुमाएको पीडाले दीपक सानै देखि गीत गुनगुनाउन थालको थिए ।
आर्थिक अभावका कारण कलाकार बन्ने सपना पुरा गर्न दीपकका लागि धेरै टाढाको कुरा थियो । तर पनि आमाको सहारा दिने प्रयास गरिन् गुल्मी ईन्द्रगौडामा बस्ने उनकी फपु मनमाया परियारले उनले दिपकलाई हुर्काईन बढाइन्।
ईन्द्रेगौडाकै नेपाल राष्ट्रिय त्रिभुवन माध्यामिक विद्यालयमा पढाईन । त्यहाँ प्रवेशिका परिक्षा उतिर्ण गरेर बुटवल तर्फ लागेका दीपकले सांगितिक क्षेत्रमै संघर्ष गरेर शिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्नातक सम्मको अध्ययन पुरा गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७१ सालमा दिपकले ‘गुल्मेलीको मन’ नामक गीती एल्वम बजारमा ल्याए । क्रमशः हुग्दीशिरैले मालिका पञ्चैवाजा सहित दर्जनौं गीत बजारमा ल्याए ।
पछिल्लो समय उनले आफ्नो जन्मथलो गुल्मीलाई आमाको उपमा दिंदै रोइला भाकामा गीत निकाले त्यसै गीतले उनको आमासँग भेट गरायो ।
दिपक भन्छन्–‘ सिंगो गुल्मीलाई आमा सम्झेर गाएको यसै रोइला गीतले मेरी वास्तविक आमालाई २४ बर्ष पछि भेट गराएकोमा म हर्षविभोर छु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com