ड्राइभर केटीसँग जिस्किँदा जिप दुर्घटना


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

धरान र अर्घाखाँचीमा आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् ।

धरान–१३ स्थित जिरोप्वाइन्टमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको हो । धनकुटाको बुधबारेबाट आउँदै गरेको ना६ख २७१३ नम्बरको यात्रुबाहक बस करिब एक किमिमाथि नै ब्रेक फेल भएको थियो । ३९ घाइतेको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । एक बालकसहित चारजनाको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार भइरहेको छ ।

यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ नुवाकोट लात्तेबाजमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी सोमबार दिउँसो करिब सबा दुई बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लु१ज १२२९ नम्बरको जिप सडकबाट सय मिटर तल खसेको छ । घाइते १५ जनालाई भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरी जनाएको छ ।

ड्राइभर गाडिमै सवार एक जना महिलासँग जिस्किरहेकाे अबस्थामा गाडि अनियन्त्रित भएकाे घाइतेले बताएका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com