बरुण धवनलाई महिला फ्यानले दीईन उनकी गर्लफ्रेन्डलाई मार्ने धम्की
प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार

बलिउड अभिनेता बरुण धवनकी गर्लफ्रेन्डलाई उनकी एक महिला फ्यानले मार्ने धम्की दिएकी छन् । बरुणको घर अगाडी बरुणलाई भेट्न घन्टौ बसेकी एक महिला फ्यानले बरुणलाई भेट्न नपाएपछि उनकी गर्ल फ्रेन्ड नताशा दलाललाई नोक्सान पुर्याउने चेतावनी दिएको समाचार छ ।
बरुणलाई भेट्न उनको घर अगाडी कुरेर बसेकी ति महिला फ्यानले बरुणलाई भेटेन नपाएपछि शुरुमा आफैलाई चोट पुर्याउन खेजेको र पछि उनले नताशालाई मार्ने धम्की दिएको बताइेको छ ।
लगातारको अनुरोधपछि बरुणको घर छोड्न नमाने पछि स्थानीय प्रहरीलाई खबर गरिएको र पुलिसमा एफआईआर लेखाइएको बरुणका सुरक्षाकर्मिले जानकारी गराएका छन् ।
हाल कलंक फिल्मको प्रमोसनमा व्यस्त बरुण, यस फिल्ममा आलिया भट्ट, अनिल कपुर, माधुरी दिक्षित, सिद्धार्थ राय कपुर र सोनाक्षी सिन्हासहित अभिनय गरेका छन् । कलंक यहि अप्रिल १७ मा रिलिज हुदै छ ।