‘अमेरिकन बाबु’ हलमा नभइ युटुवमा आयो (पुरा फिल्म हेर्नुस् )


प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार

फिल्म अमेरिकन बाबु मेड इन नेपाल सिधैं युटुवमा सार्वजनिक गरिएको छ ।फिल्म अमेरिकन बाबु मेड इन नेपाल अमेरीका र क्यानडाको प्रदर्शन पश्चत युटुवमा रिलिज गरिएको हो । फिल्म निर्माण युनिट विदेश रहेको र नेपालमा बितरक तथा हलवालासँग ताकेता गर्न नसकेको कारण फिल्म युटुवमा अपलोड गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए ।

फिल्ममा बाबु बोगटि, नन्दिता केसि, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका आएर, रघु गिरी, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय छ । फिल्मलाई राजेश गुरुङ , मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com