खुल्ला यौन व्यवहारलगायतका अनैतिक गतिविधि हुने गरेको भन्दै स्थानीय प्रशासनले एक अन्तर्राष्ट्रिय कार्यक्रममा रोक लगाएपछि एक सय बढी देशका नागरिकहरु अलपत्र परेका छन् ।
संखुवासभा प्रशासनले कार्यक्रम सञ्चालनमा रोक लगाएपछि अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवका लागि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले टीएमजे हिडेका एकसय बढी देशका करिब एक हजार दुई सय नागरिक सुनसरी, धनकुटा र तेह्रथुममा अलपत्र परेका हुन् ।
काठमाण्डौंको शक्तिपिक म्यूजिक फेस्टिवल प्रालिले संखुवासभाको मादी नगरपालिका स्थित चौकी डाँडाँमा चैत्र २२ गते देखि २७ गते सम्म आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा लागुपदार्थको प्रयोग, अश्लिल गतिविधि र खुल्ला यौन व्यहार हुने भन्दै स्थानीय प्रशासनले रोक लगाएको हो ।
प्रशासनको प्रतिबन्ध पछि उक्त कार्यक्रमका लागि हिडेका एकहजार दुइसय बढी विदेशी नागरिक धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, सिंधुवा र बसन्तपुरका विभिन्न होटलमा तथा खाली ठाउँमा टेन्ट टाँगेर बसेको कार्यक्रम संयोजक सुवास केसीले जानकारी दिनुभयो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
स्थानीय तहको स्वीकृति पछि कार्यक्रम गर्न लागिएको आयोजक पक्षको दावी छ । अघिल्लो बर्ष पनि सोही संस्थाले तीनजुरे मिल्के जलजले टीएमजे क्षेत्रमा यस्तै सांस्कृतिक महोत्सव गरेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।