सर्ट-पाइन्टमा पुरुषहरु ग्लामरस देखिने महिलाका पहिरन पारदर्शी नै हुनुपर्ने ?


प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

– शारदा शर्मा

आजसम्म जे बहसहरु गरिए ति सबै मिथकनै नभनौं तर बहसहरु कसरी सुरु गरिए र आज पनि उहि एउटैै बिषयका रटानहरु छन् । अव पक्कै पनि तिनीहरुलाई परिर्वतन गर्नैपर्छ । परम्पराकाल देखीनै महिलाहरुलाई दवावमा राखिएको थियो र आज पनि त्यही छ भनेर बहस चलाइहरदा आफ्नै हैसियत र पावर हामीले बिर्सेको त छैनौं ? सबभन्दा पहिले सबैले राम्रोसग समाज सामाजिक संरचना र महिला पुरुष के हुन भनेर बुझ्न जरुरी छ ।

व्रहमाण्डको उत्पत्ती जीवहरुको अस्तित्व र मानवजातिको बिकासको क्रममा पहिले आफु आफ्नो शारीरिक संरचना वनावट र प्रकृतिलाई पनि राम्ररी बुझ्न सकियो भने आजसम्म उत्पन्न भएका जटिलताहरु पक्कै पनि सरल बन्न सक्छन ।
हरेक सरल र सहज परिवेशमा हुने निर्णय सार्थक पनि हुन्छन । त्यसैले सबैभन्दा पहिले मान्छेले मान्छेलाईनै बुझ््नु पर्ने हुन्छ । सजिव प्राणीहरुमा सबैभन्दा चेतनशिल भएकोले मान्छे फरक प्रकारको प्राणी पक्कै हो ।

तर हामीले बुझ्नु पर्ने कुरा उत्पत्ती , जीवन र मृत्यु अनि कसरी परिवार बन्यो ? कसरी समाज बन्यो र त्यसलाई एउटै आकारमा बाँधेर सचेत मानिसहरुले कसरी देशको निर्माण गरे त्यो महत्वपुर्ण छ । जव हामीले मानिसको उत्पत्ती बुझ्न सक्छौं त्यतिबेलानै हामीमा कुनै फरक पक्कै पनि हुनै सक्दैन । किनकी हामी महिला पुरुष एक बिना मानिसको उत्पत्ती हुनै नसक्ने कुरा थियो र हो । अव आयो हाम्रो समानताको हामी शारीरिक रुपमा पक्कै पनि फरक छौं । प्राकृतिक रुपमै हाम्रो शरिरको बनावट हामीले जन्माउने सन्तानहरुको बढी जिम्मेवारी लिनुपर्ने अवस्थामानै बिकास भएको छ ।

बच्चा हाम्रो पेटमा पाल्नुपर्छ त्यो पनि नौ महिना त्यसपछि पनि उसलाई दुध चुसाउने हाम्रो जिम्मेवारी छ । जिम्मेवारी नभनौं प्राकृतिलेनै हामीलाईनै त्यो चिज दिएको छ जहां पुरुषहरु चाहेर पनि केही गर्न सक्दैनन ।
यसको कारण पक्कैपनि हामीले निभाउनु पर्ने जिम्मेवारी र भुमिका पुरुषहरुको भन्दा फरक छ तर पुरुष बिना यो सम्भव पनि छैन त्यसैले परिवार बनाउन दुबैजनाको उत्तिकै महत्वपुर्ण भुमिका छ, प्राकृतिक रुपमै ।

अव आयो त्यसपछित हामी जे पनि गर्न सक्छौं । हो मानसिक रुपमा महिला पुरुष बरावर छन तर पुर्ण रुपमा बरावर हामी यहां पनि छैनौं किनकी जव हामी मासिक रुपमा तीनचारदिन मासिकश्रावले अलि तनावमा हुन्छौं । यसको कारण पनि कतिलाई अलि बढी समस्या भएको हुन्छ हामीले चाहे जति काम पनि गर्न सक्दैनौ । फेरि यसको मतलब हामी पुरुष जस्तै सक्षम हुन सक्दैनौं भनेको पक्कै हैन । पुरुषहरु भन्दा दोब्वर हामी सक्षम छौं हाम्रा जिम्मेवारीहरुले, हाम्रा भुमिकाहरुले । अझ हाम्रा कामहरुले हामीलाई कहिल्यै पनि कमजोर बनाउनै सक्दैनन । तर प्राकृतिक रुपमै हामीले निभाउनु पर्ने भुमिकाहरुको कारण हामी कमजोर पक्कै छौं यसको मतलब यो हैन की हामी भन्दा पुरुषहरु बढी सक्षम छन । कुरा सोचको हो चेतनाको हो ।

जव एउटा परिवार पुरुष महिला एकजना बिना परिवार बन्न सक्दैन भने यहा कुन कति बलियो र कमजोर भन्ने कुरै आउदैन । अव बहस सुरु गरौं पहिलादेखीनै महिलाहरुलाई घरमा कैंद गरियो ? मलाई लाग्दैन पहिला देखीनै महिलाहरुलाई घरमा कैंद गरिएको भन्ने । जव महिलाले बच्चा जन्माएर घरमा बस्छिन पक्कै पनि त्यहा खाने लाउने ब्यवस्था गर्न पुरुष बाहिर निस्कनु स्वभाबिक थियो । जमाना आजको जस्तो थिएन जागिर गरेर मासिक तलब बुझ्न सकिने । गिंठा भ्यांकुरको जमानामानै सोचौं न महिलाले बच्चा जन्माए पछि गिंठा भ्याकुर खोज्न त पुरुष जाने नै भयो । पछि महिलाहरु पनि त गए बच्चा बोकेर सक्ने भए पछि । जव मान्छे अलि जान्ने भयो त्यसपछि किन महिलाहरुको बिषयमा अनेक कुराहरु लेखिए ? अनेक धर्म संस्कारहरुले किन महिलाहरुलाई नै बाँधे त ? यहा पनि कुरा गरौ लक्ष्मीको बयानको , सरास्वतीको पुजाको, महाकालीको आँटको ।

महिलाहरुलाई कमजोर ठानिएको हैन उनिहरुलाई बलियो रुपमा पनि प्रस्तुत गरिएको पनि छ । तर कुरा हामीहरुले नै बुझेनौं राम्रो कामको प्रसंसा हुदाँहुंदै पनि कतिपय कुराहरु यस्ता हुन्छन जहा दोस्रोको उपस्थिति बिना सधैँ अर्को पक्षलाई बलियो कसैले मान्दैन । यो मानबिय स्वभाव हो । जस्ले पहिला ब्यक्तिमा र पछि समुहमा पनि यस्तो प्रबृतिले असर गरेको हुन्छ यही कारणनै महिलाहरुलाई जसो गरे पनि प्रतिक्रिया नआउने भए पछि र उनिहरु आफ्नै धुनमा रहे पछि पुरुषहरुले आफ्नै लयमा केही निति नियम पक्कै बनाएका हुन ।
तर समय बदलिंदै जांदा त्यो रहेन र अबका दिनमा महिलाहरुले आरक्षण ,संरक्षणकै कारण केही पाउनु पर्छ भन्ने जरुरी पनि छैन । किनकी जति महिलाहरु सक्षम बन्दै गए उनिहरु पुरुषसरह हर क्षत्रमा कम्पिटिसनमा लागेका नै छन् । । तर त्यहा सम्म आउदा पनि हामी महिलाहरु बच्चा जन्माउनु पर्ने प्राकृतिक कुरालाई समेत हामीले महिलाहरु बच्चा जन्माउने मेशिन हैनन भनेर अपब्याख्या गरेर आफ्नै अपमान गरेउँ । पक्कै पनि हो घरमा पुरुष भन्दा हामी महिलाहरु बढी बस्नु पर्नेहुन्छ ।

जतिनै समानताका कुरा गरे पनि कतिपय प्राकृतिक रुपमै पाएका कुराहरुलाई हामीले चेन्ज गर्नै सक्दैनौ अव त्यसपछिका कुराहरुमा बहस सुरु गरौं हामी कहाँनेर कमजोर भयौं ? कहँंनेर असक्षम भयौं ? पहिला के भयो के गरियो भन्दा पनि अव के गर्ने र हामी कस्तो बन्ने भन्ने कुरामा सचेत बनौ । हामी जतिनै बोले पनि प्राकृतिक रुपमा हामीले निभाउंदै आएका भुमिकाहरुलाई ब्यवस्थापन गर्दै कसरी सुन्दर सक्षम र सभ्य समाजको बिकास गर्ने र यसमा हाम्रो भुमिका के भनेर सोचेनौं भने हाम्रा यी बहसहरु मात्र बहसको लागि हुनेछन ।
हामीले आंफुले आंफुलाई ब्यवस्थापन गर्न नसक्दा समाजमा झनै विकृती आउनेछ जो प्रष्ट देखिएको छ आज ।

हामी कुनै कुरामा पनि कमजोर छैनौ । मानसिक रुपमा हामी सक्षम बन्दा धेरै समस्याको समाधान हुन्छ । आजपनि महिलाहरुको बिषयमा कानुनी रुपमै केही जटिलताहरु पक्कै छन । आमाको नाममा सजिलै नगरिकता बन्नुपर्ने हो तर यस्ता बिषयलाई समेत तीनै आमाको कोखबाट जन्मिएकाहरुले बहसको बिषय बनाएका छन् । कुरा यहां पुरुषको मात्र छैन । पहिलादेखिनै जव महिलाहरुले बच्चा जन्माउंथे पुरुषहरु गिंठा भ्यांकुर खोज्न जंगल जानु पर्दथ्यो त्यसपछि समाज बिकास क्रमका दौरानमा समेत महिलाहरुलाई कमजोर ठान्ने र महिला भनेर हेर्नेमा पुरुष भन्दा पनि हामी महिलाहरुनै बढी अगाडी सरियो ।

धेरै पहिलेका कुरा त हामीले पढेर जान्ने हो जस्तै मानिसहरुले समाज बिकासको क्रममानै अनेक धर्मको सिर्जना गरे त्यहा महिलाहरुलाई कमजोर हुने कुराहरु लेख्दै गए सायद त्यतिबेला पनि महिलाहरु बोलेको भए आफुलाई सचेत रुपमा प्रस्तुत गर्न सकेको भए केही परिर्वतन आउन सक्थ्यो । किनकी धर्म संस्कारको कुरा गर्ने हाम्रै भाइ छोराहरु हुन लेख्ने उनिहरुनै हुन जव महिलाहरु घरमै बस्नु पर्ने बच्चा हुर्काउनु पर्ने प्राकृतिक नियममानै थिए त्यसको फाइदा उठाँउदै पुरुषहरुले आफुलाई अनुकुल हुने र महिलाहरुलाई अप्ठ्यारो पर्ने निति नियम बनाएकै हुन । जुनसुकै धर्ममा हेरौं महिलाहरुलाई कमजोर रुपमा प्रस्तुत गरिएको छ । र पनि त्यस्ता कयौं मान्छेहरुको समुदाय छ समाज छ जहाँ पुरुषहरुले बनाएका नियमहरु भन्दा पनि फरक छ । जस्तै नेपालमा पनि एउटा जातिमा घरमा जतिभाइ भए पनि उनिहरुकी एउटै श्रीमती हुने चलन छ ।

हाम्रौ समाजमा भन्ने हो भनेत श्रीमानले जति बिहे गरे पनि हुने र महिलाहरु मन परे पनि नपरे पनि एउटै श्रीमान संग बस्नु पर्ने समाज हो नी तर त्यो जातीमा जति भाइ भए पनि घरका भाइहरुकी एउटी श्रीमती हुने चलन छ र यो बिस्तारै कम हुंदै पनि छ । त्यसैले सबैकुरा हामी मान्छेहरुलेनै बनाएका कुरा हुन । एउटै हैसियत र एउटै मुल्य मान्यता बोकेका दुइ मान्छेमा जतिबेला विभेदका फेहरिस्तहरु कोरिंदै गए त्यतिबेला जमाना आजको जस्तो पक्कै थिएन । मैले माथि नै पनि भनिसकें एउटा पक्षको उपस्थिती विना आज गरिने निर्णयहरु पनि एकपक्षियनै हुन्छन । हामी महिला पुरुषमा भएको भिन्नता पनि यसकै उदाहरण हो ।

त्यसैले समाज बिकास संगै परिवर्तन संगै अनेक कुराहरु परिवर्तन हुंदै गएका छन । हिंजो महिलाहरु केहीपनि गर्न सक्दैनन भन्ने मानसिकताहरु चाहेर नचाहेर आज बदलिइरहेका छन । अव यसमा कति बलियो पकड जमाउने त भन्नेकुरामा हामी महिलाहरु नै सचेत हुन जरुरी छ । चुरोट, मदिरा लगाएतका अन्य दुव्र्यसन मान्छेका लागि खतरनाक कुरा हुन यी कुराले पुरुषलाई पनि उत्तिकै असर गर्छ र महिलाहरुलाई पनि उत्तिकै त्यसैले पुरुषले चुरोट खायो हामीले खान किन नहुने ? रक्सी खायो हामीले खान किन नहुने ? पुरुष मध्यरात सम्म घर आएन हामीले त्यसो गर्दा किन नहुने ? उ डिस्को गयो हामी जान किन नहुने ? हामीले आज समानता यस्ता कुराहरुबाट खोज्दै छौं । एकपटक बिचार गरौँत हामीले जन्माएको बच्चाले हाम्रो नाममा नागरिकता पाउन सकेको छैन । महिलानै प्राध्यापक रहेको विद्यालयमा महिला हैन बच्चाको अविभावक पुरुषको नाम अगाडि सारिन्छ । यस्ता कुरामा बहस गरौं जुन बिषयले समाज सभ्य बन्न सक्छ ।

दुबैजनाको समान हैसियत बन्न सक्छ । आमाले जन्माएको सन्तानलेनै आमाको लागि नियम बनाएको छ भनें सिकाउँ आफ्नो सन्तानलाई बाबु नानी कुरा यस्तो हो भनेर । हेरौँत हामीले आज पुरुष महिला बराबर भन्छौ कसरी हामी बराबर छौं ? हाम्रा पहिरन हेरौ, लवाइ खुवाई हेरौं । आज संसारभर महिलाले लगाउने कपडाको मोडालिटि हेरौंत । कुनै पुरुष ग्लामर देखिन उसले सर्ट पाइन्ट टाइ लगाए हुने उस्ले शरिर ढाकेर ग्लामर देखिने हामीले लाउने कपडाले हाम्रा कुनै न कुनै अंगलाई सम्बोधन गरेकै हुने अनि कहाँको समानता हो यो ? कहाँको एकरुपता हो ? महिलाहरु विज्ञापनको साधन मात्र हैनन भनेर हामीले भनिरदा महिलाहरुनै नाग्गै विज्ञापनमा रहेको हामीले देख्नु परेको वर्तमानमा कुन अधिकारका कुरा गर्ने हामीले ? जव हामीले आफुलाई वस्तु बनाउछौ त्यसको मुल्य र खरिदविक्री त हुनेनै भयो ।

हामी कुनै बस्तु नभएर समाजको सक्षम मान्छेहौं र अरुले दिने अनेक लोभ लालचलाई हामीले बिचरा बनेर स्विकार गर्दैनौ भन्ने चेतनाको बिकास र अभियानमा जब हामी लागि पर्छौ त्यतिबेला हामीलाई कसैले बस्तु बनाउन सक्दैनन । त्यसैले महिलाहरु जवसम्म जीवन जगत र आफुले आफुलाई बुझ्न सक्दैनन तवसम्म यस्ता जटिलताहरु यथावत रहिरहन्छन । बराबर हुनत हरेक ठाउमा उस्तै भएर प्रस्तुत हुन पर्यो नी । आजको समाजमा साँच्चै महिलाहरु कमजोर हैनन बलियो बनेका छन् केही कानुनी जटिलताहरुलाई फुकाउनु पर्ने आवश्यक छ तर महिलाहरुले आफु र आफ्नो हैसियत बिर्सेकै कारण अर्को पक्षले फाइदा उठाएको पक्कै हो । जव अरुले हामीबाट फाइदा उठाउदै छन् भन्ने थाहापाइन्छ सचेत बन्नेत हामीनै होनी । त्यसैले महिलाहरु सचेत बन्दा र अंफुलाई बुझ्न सक्दा समाज आफै सभ्य बन्न सक्ने कुरालई मनन गर्दै पहिले आफैलाई बदल्ने हिम्मत गरौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com