प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान
प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गर्नु भएको छ । महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं हेड्स अफ एसीबी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल विदाइ गरेका थिए