बेलायती नागरिकलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ ।

नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन । संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९ जना सांसद भने अनुपस्थित रहेका थिए ।

ब्रेक्जीटको परिणाम जेसुकै आएपनि लाखौं बेलायती नागरिकलाई युरोपका विभिन्न मुलुकमा छुट्टी मनाउन सहज हुनेछ । तर यसको बदलामा बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै सुविधा दिनु पर्नेछ ।

बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै व्यवहार गर्ने जनाएको छ । युरोपेली संसदमा यस विधेयकमाथि छलफल हुँदा स्पेनी सांसदहरुले भने जिब्राल्टरको विषयमा जोडदार आवाज उठाएका थिए । जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्न नहुने स्पेनी प्रतिनिधिहरुको तर्क थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पेनले जिब्राल्टरलाई आफ्नो भूभागका रुपमा ब्याख्या गर्ने गरेको छ । बेलायतले भने जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्ने गरेको छ । यहाँका जनताले बेलायतसँगको आबद्धता नत्याग्ने बताइसकेको बेलायतको दाबी छ ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com