उर्जामन्त्री पुन र जर्मन राजदूतबीच भेट ,उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन ईच्छुक


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागी जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितको विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले जर्मनीले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उहांले भर्खरै मात्र सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अव कार्यान्वयन प्रक्रियाको थालनी चांडै हुने बताउनुभयो । मन्त्री पुनले स्माट मिटर र स्मार्ट ग्रिड सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । ‘स्माटर मिटर र स्माट ग्रिड सरकारको प्राथमिकतामा छ, काठमाडौंमा भुमिगत केवलिङको काम समेत सुरु भइसकेको छ ।’ मन्त्री पुनले भन्नुभयो ।

भेटमा नेपालको विभिन्न क्षेत्रमा जर्मनीले गरेको सहयोगप्रती धन्यवाद दिंदै उहांले आगामी दिनमा पनि द्धिपक्षिय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा जर्मन राजदूत सेफरले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन ईच्छुक रहेको धारणा राख्नुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उहांले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चांसो व्यक्त गर्दै जर्मनी र यसमा सहयोग गर्न तयार आतुंर रहेको बताउनुभयो । राजदूत सेफरले लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको भन्दै अव कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
राजदूत सेफरले नेपालको शान्तिप्रक्रिया विश्वमै सफल रहेको धारणा समेत मन्त्री पुनसंगको भेटमा राख्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com