नेपाली स्याटेलाइट वैशाख ४ गते प्रक्षेपण हुने


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० वैशाख ४ को राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा)को सहयोगमा प्रक्षेपण गरिने भएको हो।

 

उनीहरुले संयुक्त राष्ट्र संघको बर्ड्स कार्यक्रमअन्तर्गत जापानमा इन्जिनियरिङ पढिरहेका छन् । आभाष र हरिरामले जापानमा रहेको क्यूसु इन्स्ट्च्यिूट अफ् टेक्नोलोजी क्यूटेकसँगको सहकार्यमा नानो स्याटेलाइट बनाएको नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले बताउनुभयो ।

स्याटेलाइट बनाउन सरकारले नास्टलाई एक करोड ८२ लाख रुपैयाँ दिएको छ । नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानो स्याटेलाइट निर्माण गर्दै
नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानो स्याटेलाइट निर्माण गर्दै

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्रिल १७ तारिखमा अमेरिकाबाट नेपाली युवाले ‘नेपाली स्याट’ नाम दिइएको नानो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिनेछ । स्याटेलाइटमा नेपालको झण्डा भएको स्टिकर टाँसिएको छ ।

नेपालले पूर्ण क्षमताको स्याटेलाइट ३५ महिनाभित्र अन्तरिक्षमा पठाउने तयारी गरिरहेका बेला नानो स्याटेलाइटलाई अन्तरिक्षमा पठाउने तयारीलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र नेपाल दूरसञ्चार प्राधिकरणले काठमाण्डौमा गरेको अन्तरक्रियामा नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले नेपालले व्यावसायिक प्रयोजनको लागि अन्तरिक्षमा पूर्ण क्षमताको अन्तरिक्ष पठाउने तयारी गरेको बेला नानो स्याटेलाइट प्रक्षेपणले ठूलो महत्व राख्ने बताउनुभयो ।

‘भू–उपग्रहमा नेपालको स्थान छ तर स्याटेलाइट छैन, नानो स्याटेलाइट प्रक्षेपणले हाम्रो स्थान रहेको र भविष्यमा पूर्ण क्षमताको स्याटेलाइट प्रक्षेपण गर्ने कुरालाई बल पुर्‍याउनेछ’, उहाँले भन्नुभयो ।

कस्तो छ नानो स्याटेलाइट र के काम गर्छ ?

अन्तरिक्ष यात्रामा पहिलो कदमस्वरुप नेपालको झण्डासहित वैशाख ४ गते नानो स्याटेलाइट प्रक्षेपण गरिनेछ । यो अन्तरिक्षमा पुगेर स्थान लिन जेठ पहिलो हप्तासम्म लाग्नेछ । यसको तौल १३ सय ग्राम छ । र यसको साइज क्यूब आकारमा जम्मा १० सेन्टिमिटर मात्रै हुनेछ ।

यो सानो भएको र परिक्षणका लागि धेरै ध्यान दिइएकोले नेपालले अन्तरिक्षमा जुन स्थान पाएको छ, त्यो स्थानसम्म पुग्नेछैन । पृथ्वीबाट ४ सय किलोमिटरको दूरीमा नै नेपाली स्याटेलाइट रहनेछ । यसको आयु ३ वर्ष हुनेछ । ३ वर्षपछि यसका उपकरण आफै जलेर नष्ट हुनेछन् । नानो स्याटेलाइटमार्फत नेपालले नेपालको भौगोलिक अवस्था र अरु केही नेटवर्किङका बारेमा जानकारी लिन सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com