अष्ट्रेलियाका विश्वविद्यालयहरुमा कसरी लिईन्छ भर्ना ? कुन कुन महिनामा खुल्छ भर्ना ?


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

नेपाली विद्यार्थीहरुको पनि अष्ट्रेलिया प्रमुख गन्तव्य बनिरहेको छ । अध्ययनको लागि जाने बाहाना बनाउदै रोजगारीको लागि जानेको संख्या धेरै नै रहँदै आएको छ । पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा समस्या देखिएको र अमेरिकामा पढ्न महँगो खर्च गर्नुपर्ने भएकाले विद्यार्थीहरूको ध्यान अष्ट्रेलियातर्फ मोडिएको छ ।

अर्कोतर्फ अष्ट्रेलियामा तुलनात्मक रूपमा सस्तोमा आफूले चाहेको विषय अध्ययन गर्न पाउने र अन्य सुविधाहरूसमेत प्रशस्त भएकाले धेरै विद्यार्थी अष्ट्रेलिया जान चाहेको शैक्षिक परामर्श कम्पनीका सञ्चालकहरू बताउँछन् ।

कसरी लिईन्छ भर्ना ? कुन कुन महिनामा खुल्छ भर्ना ?

अष्ट्रेलियामा सामान्यतः फेब्रुअरी र जुलाई गरि दुई इन्टेकमा भर्ना लिने गरिन्छ । तर केही विश्वविद्यालयले सेप्टेम्वर र नोभेम्वरको महिनामा पनि भर्ना लिने गर्दछन् । यसरी थप गरिएको सेप्टेम्वर र नोभेम्वरको भर्ना समयमा भने सबै विषयको भर्ना नलिन सक्छ ।

त्यसैगरी भोकेसनल शिक्षाका लागि खुलेका प्राइभेट कलेजले हरेक दुई महिनामा नयाँ भर्ना लिने गरेका छन् । यसरी भर्ना हुने विभिन्न महिना हुँदा पनि विद्यार्थीले प्रक्रिया शुरु गर्दा कम्तीमा ६ महिना अगाडिदेखि शुरु गर्नुपर्छ । पासपोर्ट बनाउने,आइएलटिएसको तयारी कक्षा पहिलेदेखि नै शुरु गदा उपयुक्त हुन्छ ।

पछिल्लो समय अष्ट्रेलियामा आवेदन दिनेको संख्या दिनदिनै बढ्दै गएको छ । यसरी विद्यार्थीको आवेदन संख्या बढ्नुको कारण धेरै छन् । यसको प्रमुख कारण अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीमध्ये बहुसंख्यक विद्यार्थीहरुको सकरात्मक प्रतिक्रिया हो ।

लियामा शान्त र समृद्ध,उचित शैक्षिक वातावरण,गुणस्तरीय शिक्षा,वैज्ञानिक शिक्षण प्रणाली,पढाइसँगसँगै काम गर्न पाउने नियम,पीआर पाउने प्रवल सम्भावना,विवाहित भएमा दम्पत्ति नै जान पाउने सुविधा आदि कारणले अष्ट्रेलियामा पढ्न जानेको संख्या बढेको हो । नेपाली विद्यार्थीहरुको पनि अष्ट्रेलिया प्रमुख गन्तव्य बनिरहेको छ ।

व्यावसायिक विषयको रोजाइ

अधिकांश विद्यार्थीहरू सूचनाप्रविधि, नर्सिङ, इञ्जिनीयरिङ, स्वास्थ्य विज्ञान, एमबीए, हस्पिटालिटी म्यानेजमेण्टजस्ता विषय अध्ययनका लागि अष्ट्रेलिया जाने गरेका छन् । विद्यार्थीहरूले सैद्धान्तिकभन्दा प्राविधिक विषयलाई बढी ध्यान दिने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com