वर्किङ भिसा भन्दै भिजिट भिसामा बिदेश पठाउने ठग महिला पक्राउ


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने एक महिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको  टोलीले काठमाडौंको पिंगलास्थानमा रहेको कम्पास रिक्रूटमेन्ट मेनपावरमा काम गर्ने बिमला थापालाई पक्राउ गरेको हो ।

बिमलाले धनुषा मिथिला बिहारी नगरपालिका(२ बस्ने मोहम्मद राई र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि विश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुवई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com