अब अमेरिकनले पनि एकैपटक नेपालको ५ बर्षे मल्टिपल भिसा पाउने


प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

नेपालीहरूले अमेरिकी भ्रमण भिसामा ५ बर्षे बहुप्रवेश भिसा पाएजस्तै अमेरिकी नागरिकहरूले पनि अब नेपालको भिसा लिंदा ५ बर्षे पर्यटक भिसा लिनसक्ने भएका छन्।

अमेरिका र नेपालका भिसासम्बन्धी व्यवस्थामा समरूपताको स्थापनाले नेपाल आउने अमेरिकी पर्यटक तथा व्यावसायिक प्रतिनिधिहरूको सङ्ख्या तथा बारम्बारतामा वृद्धि गर्ने अवसर सिर्जना गर्ने र जसबाट नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने अमेरिकी दूतावासले विश्वास लिएको छ ।

नेपालमा रहेको अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत भनेको छ – ‘नेपालको अर्थतन्तन्त्रको उल्लेखनीय हिस्सा पर्यटन हो। गत वर्ष ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरे । सन् २०१७ को तुलनामा अमेरिकी आगन्तुकको सङ्ख्यामा १५ प्रतिशतले वृद्धि भएको छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com