बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएका परिवारलाई ५ लाख दिने अध्यक्ष प्रचण्डको घोषणा
प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

आइतवार साँझ बारा र पर्सामा हाहुरीरीका कारण मृत्यु भएकाको परिवारलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५र५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।
उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने बताउदै हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि संग भेट गर्नुभएको थियो ।
त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरे । यो गाउँमा हावाहुरीबाट १० जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ ।