बन्धक बनाएका १२ नेपाली महिलाको उद्धार


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

इराक, कुवेत र दुबई पठाइदिने भन्दै नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको छ ।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राति छापामारेर उनीहरुको उद्धार गरेको के आई नेपालका कार्यक्रम निर्देशक इन्द्र भट्टराईले जानकारी दिनुभयो ।   उद्धार गरिएका महिला २२ देखि ४२ उमेरका छन्।

महिलाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि नेपाल फर्काइने कार्यक्रम निर्देशक  भट्टराईले जानकारी दिनुभयो ।

विगत १२ बर्षदेखि निरन्तर मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा कार्यरत केआई नेपाल , नेपाल सरकारको मानव बेचबिखन र अोसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्य संस्था। केआई नेपालले सन् २०१८ मा भारत र अन्य मुलुकबाट  १०५ जना र सीमाबाट ८२८ महिला र किशोरीको उद्धार गरेको   निर्देशक  भट्टराईले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com