मलेसियामा एक नेपालीले गरे सिलिङ्ग फ्यानमा झुन्डेर आत्महत्या


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । मलेसियाको इपोहमा दुई बर्ष अगाडी मलेसिया आएका एक नेपालीले झुण्डिएर आत्महत्या गरेका हुन् ।आत्महत्या गर्नेमा धनकुटा जिल्ला घर भएका टंक बहादुर कार्की रहेका छन् । उनी इपोह स्थित एक नेपाली रेस्टुरेन्टमा कार्यरत रहेका थिए ।

हिजो राति ११ बजे काम सकाएर सुत्न गएका उनी करिब ७ बजेतिर नउठेपछि ढोका फुटाएर हेर्दा सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेका थिए । सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेपछी साथीहरुले तुरुन्त स्थानीय प्रहरी लाई खबर गरेका थिए । साथिहरुको अनुसार कार्की अविवाहित रहेको र केहिदिन देखि मानसिक तनावमा रहेको बताएका छन् । कार्कीको शवलाई पोस्टमार्टमको लागि इपोह स्थित राजा हस्पिटलमा राखिएको र आत्महत्या गरेको ठाउमा कुनैपनि शंकास्पद वस्तु नभेटिएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com