भारतमा नेपालीको बिभत्स हत्या


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ । उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए ।

मृतक श्यामसिंह श्रीमती र छोराछोरीका साथ भारतमा बस्दै आएका थिए । तर उनकी श्रीमती लक्ष्मी कुमारीले ६ महिना अघि भारत पन्जाब स्थित जलन्धर मुग्दमपूर जोतिचोकमा बस्दै आएका चम्बावत निबासी अर्जुन कुमारसंग दोश्रो बिहे गरेकी थिइन् । श्यामसिङ र लक्ष्मीका १ छोरा तथा १ छोरी छन् तर उनीहरु लक्ष्मीसंगै बस्दै आएका छन् ।

श्यामसिङ र लक्ष्मीका बिचमा बिगत ६ महिना अघि उनीहरुका नाममा बिमा भरेकोे रकम ५ लाख (भारु) रुपँया आएको र त्यो रुपयाँ लक्ष्मीले नै लगेको बताइएको छ । यो बिषयमा बिवाद हुदाँ मार्ने योजना बनाएको हुन सक्ने मृतकका भतिजा राजेन्द्रले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com