झापाका बहस : झापा बिद्रोह र जनयुद्धको ब्यापार, सिके राउत प्रकरण, बिप्लव नेकपामाथि प्रतिबन्ध
प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

✍️ सुमनसिंह पौडेल
यतिबेला देश बहस, छ्लफल र अन्तर्कृया हुँदै एक प्रकारको ध्रुवीकरण तर्फ प्रबेश गरेको छ । झापामा पनि बहस हरु तुफान भएर उठेका छन । बहस अरु तिर नभएर सरकारको नेतृत्व गरिरहेको नेकपा र ब्यवस्थाको बिरोध गर्दै आएको अर्को बिद्रोही नेकपा बिच चुलिएको अन्तर्बिरोधको वरि परि छ । यतिबेला यहि बहस नेपालको मुख्य चर्चाको बिसय बनेको छ । प्रधानमन्त्री केपि ओलि बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिलाइ लुटेरा समूह बताउंदै सो समुहलाइ बल प्रयोग गरेर थान्को लगाउने आक्रमक अभिव्यक्ति दिइरहेका छन । उता बिप्लव कामरेड पनि सरकारी रबैयाको मुख तोड जवाफ दिने बताउंदै बल प्रयोगको जवाफ सोही अनुसार दिने बताउंदै आइरहेका छन । यसरी हेर्दा सरकारी पक्ष र बिद्रोही पक्ष बिचको अन्तर्बिरोधले मुलुक पुन युद्धमा प्रवेश गर्ने पो होकि भन्ने चिन्ता आम जनमानसमा देखिएको छ ।
१० बर्से जनयुद्धको सामना गरेर आएको मुलुक पुन युद्धको चपेटामा पर्ने होकि भनेर आममा चासो रहनु स्वभाविक हो । जनस्तरको मनोबिज्ञानलाई मान्ने हो भने देश युद्धमा नजाओस भन्ने देखिन्छ । युद्ध राम्रो बिसय हुँदै होइन युद्धको घाउ निक्कै गम्भीर हुन्छ । तर सरकार पक्ष जिम्मेवार देखिएन । सरकार मुलुकलाइ जबरजस्त युद्धमा धकेल्न खोजिरहेको देखिन्छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिबिधीहरुलाई हिंस्रक भनेर सरकारले प्रतिबन्ध लगाएको छ । बिद्रोही नेकपाले उठाएका मागहरु अहिले तत्कालै, तुरुन्तै बनाएर उठाइएका मागहरु होइनन । नेपाली जनतामाझ ब्यप्त संकट र त्यसको समाधानको निम्ति उठेका बिसयहरु हुन । यो बिसयमा राज्यले धेरै टाउको दुखाउने भन्दापनि जनताहरु माझ असरल्ल समस्याहरुको निदान गर्न राज्य अग्रसर हुनु पर्दथ्यो । तर त्यो गर्न सकेन बरु उल्टो जनताको स्तरबाट राज्यमा देखिएका बेथिती बिरुद्ध बोल्ने राजनितिक शक्तिलाइ अस्वभाविक ढंगले प्रतिबन्ध लगाइयो । यो एकदमै गलत भएको छ ।
गत फागुन २८ गते मन्त्रीपरिषदको तर्फबाट बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका सम्पुर्ण गतिबिधी माथि प्रतिबन्ध लगाउने निर्णय भयो । त्यसपछी सरकारले संकटाल सम्झाउने गरि व्यापक राज्य आतंक मच्चायो । रास्ट्र र जनताको हितमा वर्तमान सत्ताले काम गर्न नसकेको कुरा जनतामा प्रस्टै छ । जनताहरु वाक्क दिक्क भएकै हुन र यस्तो बेला बिप्लवहरुले उठाएका मुद्धा हरु उक्त पार्टि मार्फत संचालनमा ल्याइएका संघर्षहरु जनताको हितमा छन भन्ने बिसय आम जनताको बुझाइ रहेको छ । यस्तो बेला सरकारले एकाएक प्रतिबन्ध लगाएर उक्त पार्टिका नेता कार्यकर्ता र सहयोगी जनताहरुलाइ दुख दिइरंहदा यो बिसयमा सिंगो मुलुक कित्ताबन्दी भएको छ । बहस हरु भइरहेका छन, सोही सन्धर्भमा यहाँ झापामा पनि बहस छलफल व्यापक बनिरहेको छ । बहस कसरी, कहाँ र कस्तो ढङ्गले संचालनमा छ यो बिसय यहाँ प्रस्तुत गर्दै अझ यसलाइ सार्वजानिक बहस गरेर अगाडि लैंजाउं भन्ने अभिप्रायले बिसय उठान गर्न खोजेको छु ।
बहस नं १- झापा बिद्रोह, जनयुद्धको मर्म र वर्तमान स्थिती
झापा बिद्रोहमा सहभागी पुराना बामपंथी नेता कार्यकर्ता र जनयुद्धमा भुमिका खेल्ने नेता कार्यकर्ता, लडाकु र जनताहरुकै सब्दमा भन्ने हो भने- झापा बिद्रोह र जनयुद्धको ब्यपार भइरहेको छ । जनताहरुलाइ जे सपना देखाइयो र जनताले जस्तो अपेक्षा गरे त्यो कुरा आज असरल्ल छाडियो । झापा बिद्रोह र जनयुद्धको व्यापार गरेर अकुत सम्पती कमाएर ब्यक्तीगत बैभवमा लागेका नेताहरुको जीवन शैली फेरियो जनताको जीवन जंहीको तंही छ । हो यथार्थमा यस्तै भएको छ । आज जनताको जीवन यस्तो दुखद र कस्टपुर्ण छ त्यो भनिसाध्य छैन । जुन कस्टको सामना जनताले गरिरहेका छन ।
झापा बिद्रोह सामन्ती जमिनदारहरुको टाउको काटेर संचालन गरियो । तत्कालिन क्रान्तिकारी हरुको निर्मम हत्या भयो । कंयौ जनताले दुख झेल्नु पर्यो । जनताहरु राज्यको दमन भोग्न तयार भएर संघर्षको मैदानमा उभिए । रास्ट्र र जनताहरुको जिवनमा सुख छाउनु पर्छ भन्ने सपनामा धेरैको रगत बग्यो । झापा बिद्रोहले स्थापित गरेका केपि हरुले झापा बिद्रोहको बन्दुक फ्यांकेर दलाल नोकरशाहीहरु संग घाँटी जोड्न पुगे । आफ्नो बर्गलाइ धोका दिएर बैमानी गर्दै उनिहरु अहिले अरबौं सम्पतिको मालिक बनेका छन । उनिहरु आजको मितिमा दलालहरुको गुलाम बनेर आंफुलाइ प्रधानमन्त्री बनाइदिने जनताहरुको घांटिमा तरवार राखेर रमाइरहेका छन । झापा बिद्रोह र त्यसका नेताहरुलाइ सम्झदै झापाली जनताले यस्तो प्रतिक्रिया दिइरहेका छन ।
त्यस्तै जनयुद्धका लडाकु, कार्यकर्ता र जनयुद्धमा सहभागिता जनाउने जनताहरुको पनि कुनै फरक कुरा छैन । इनै बिसयहरुमा छलफल चलांउदै जनताहरुको बिचमा पुग्दा, घाइते अपाङ्ग, सहिद परिवार र जनयुद्ध लड्ने लडाकु र जनताहरु संग साक्षत्कार गर्दा त्यंहा ठूलो आक्रोश पाइएको छ । एक सहिद परिवारका सदस्यले भने- मेरो दाइले जनयुद्धमा सहभागी भएर जनता र रास्ट्रको मुक्तिको निम्ति भन्दै आफ्नो जीवन दियो जसको बदला अहिले आफू सुकुमबासी बन्नु परेको छ । समाजबाट तिरस्कृत बनेर बस्नु परेको छ । बा आमाको उपचार गराउन सक्ने स्थिती छैन । हाम्रो बेहाल छ, हामिलाइ आशा छैन अब । झापाका हिजोका माओवादी नेताहरु बाटोमा भेट्दा नचिनेझैं गर्छन । चिल्लो सुकिलो मुकिलो भएर हिंडेका छन । सम्पती कमाउने काममा लागेका छन ।
बजारमा घर जोडेर महँगो गाडिमा हिड्न थालेका छन । परिवर्तन त उनिहरुलाइ मात्र आए जस्तो छ भन्दै शहिद परिवारले आफ्नो आक्रोश ब्यक्त गरे । उनी थप्छन अब उनिहरुलाइ बहिस्कार गर्छौं, मेरो घरमा आए भने म पानी समेत दिन्न । संगै कुरा सुनिरहेकी शहिदकि आमा आंखामा टिल्पिल आँसु पार्दै मेरो छोरो बिनाकाम मर्यो, प्रचण्डेले जनतालाइ झुक्यायो भन्दै आफ्नो कुरा राख्छिन । प्रचण्डेलाइ पाप लाग्छ बाबू त्यसको मरन राम्रो हुंदैन, हेर्दै जाउ यसरी भन्छिन आफ्नो कुरा । घाइतेका कुरा यस्तै छन, जनयुद्धमा सेल्टर दिने एक घरका बुडा बाको आक्रोश त झन म मेरो जग्गा जमिन सबै बेच्छु र हतियार किन्छु अनि प्रचण्डेको घरमा गएर आत्माघाती बनेर पड्कन्छु । त्यो जनयुद्ध, त्यो सपना अनि सपना माथिको धोका र त्यसबाट उत्पन्न जन आक्रोश अत्यन्तै बिस्फोटक छ । यहाँ त केही प्रतिनिधी पात्रको आक्रोश राखें अरु त्यस्ता धेरै आक्रोशहरु छन जुन आक्रोशले समाजलाइ जनयुद्धको बिगत संग कति ठूलो भरोसा थियो र त्यो नंहुदा आज समाजको अवस्था के बन्न पुगेको छ त्यो छर्लङ्ग हुन्छ ।
हो सत्य, तथ्य र त्यसको गहिराइमा पुग्नको निम्ति जनतामा पुग्न जरुरी हुन्छ । हामी जनतामा पुगिरहेका छौं । जनतालाइ पछिल्ला राजनितिक घटनाक्रमहरुको बिसयमा सुसुचित गराउने प्रयत्न गरिरहेका छौं । जनता यो परिस्थितिमा ज्यादै निराश छन तर धेर थोर बिप्लव नेतृत्वको नेकपा प्रती आशा राखेको पाइन्छ । र पछिल्लो परिवेशमा सरकारले उक्त पार्टिका गतिबिधी माथी प्रतिबन्ध लगाएको बिसयलाइ सरकारको ठूलो कमजोरीको रुपमा बुझेको पाइएको छ । झापाका धेरै गांउ र शहरका जनता संग भएको कुराकानीलाई आधार मान्ने हो भने जनता कुनै न कुनै रुपमा बिप्लवको एकीकृत जनक्रान्तिमा सहभागी भएर अन्तिम पटक संघर्षमा सहभागी हुने छन ।
बहस नं.२ सिके राउत प्रकरण
नेपालको राजनितिमा एउटा बिसय अप्रत्याशित आगाडी आयो । अधिंकाश जनताको ध्यान त्यता पटि गयो । केही बर्ष अगाडीबाट अलग मधेस देशको बिखण्डनकारी नारा उरालेर नेपाललाई टुक्राउने गतिबिधी गरिरहेको सिके राउत एकाएक केपि सरकारको सार्वजानिक मंचमा झुल्किन पुग्यो । बडो ताम झाम सहित रातारात सहमती गरेर, प्रधानमन्त्री स्वयमको अप्रासंगिक लाग्ने भद्दा तारिफ र ज्वज्वेलामान स्वीकृती नेपाल रास्ट्रको निम्ति अभिसाप साबित हुने तर्क बहस र टिप्पणीहरुले पुरै मुलुकलाइ भक भक उमाल्यो । नेपाल रास्ट्रलाइ रण्डि भन्दै गाली गलौज गर्ने सिकेले सरकार संग गरेको ११ बुंदे सम्झौता सायद नेपालको इंतिहासमा कलंक बन्ने छ । यो बिसयमा सिंगो मुलुक संगै झापालीहरुको पनि गिदि तात्यो ।
हामिले प्रतिकृया लिने कोसिस गर्यौं । हामी प्रत्यक्ष ५०० भन्दा ज्यादा ब्यक्ती संग र अप्रत्यक्ष मिडिया र सामाजिक संजाल मार्फत २००० भन्दा बडि ब्यकति संग यो बिसय लिएर पुग्यौं । अधिकांस झापाली जनताको टिप्पणीलाई आधार मान्ने हो भने सिके प्रकण नेपाललाई बिस्तारै सिक्किमिकरण गर्ने दिशा तर्फ गएको र यसको मतियारी गर्ने वर्तमान सरकार र केपि प्रचण्डहरुले रास्ट्रघात गरेको हुनाले रास्ट्रघात गरेको अपराध प्रती नेपाली जनताले दण्डित गर्नै पर्ने बताएका छन । यो छलफल र बहसले रास्ट्रघातका बिरुद्ध आम रास्ट्रवादिहरु एक ढिक्का बनेर उभिनु पर्ने स्थिती आएको बिसयको आवश्यकता बोध भएको एक पुर्व एमालेका जिल्ला नेताले बताए । उनले भने सिके प्रकरणमा वर्तमान सरकार चुक्यो, इनिहरुको ताल देश डुबाउने प्रकारको छ । अब यी सबै गलत कृयाकलाप सच्याउन आन्दोलनको बिकल्प छैन भन्ने आसय एमाले नेताको रहेको छ ।
राप्रपाका एक जिल्ला नेता भन्छन रास्टृयताको सन्धर्भमा अब बिप्लवले आन्दोलन गर्ने हो भने हाम्रो पुर्ण समर्थन रहने छ । त्यस्तै हामी कंग्रेसका नेतालाइ पनि भेट्न पुग्यौं उनको कुरा अलिक बिरक्तिएको पाइयो- उनी आफ्नो पार्टी पतनको दिशामा गएको हुनाले अब कंग्रेस बाट कुनै आशा नगरौ, यदि बिप्लवको पार्टिले सांच्चिकै गर्छ भने हामी सहभागी हुन्छौं । हामीले एकजना उधोग बाणिज्य संघका अध्यक्ष संग पनि प्रतिकृया लियौं उनले अब सबै ब्यवशायी बिप्लवलाइ साथ दिन तयार छन तर बिप्लव नेतृत्वको नेकपा इमान्दार बनेर लाग्नु पर्यो भनेर आफ्नो प्रतिकृया राखे । सिके प्रकण सिक्किमिकरणकै दाउपेचमा रहेको कुरा प्रस्ट छ त्यसो हुनाले देशलाइ अप्ठेरो पर्दा हामिले एक हुनुको बिकल्प छैन भन्दै अधिकांसले आफ्नो मत राखेका छन ।
बहस नं ३- बिप्लव नेतृत्वको नेकपा माथी प्रतिबन्ध
गत फागुन २८ गते वर्तमान केपि सरकारले एउटा निर्णय गर्यो । जुन निर्णय नेकपा माथी प्रतिबन्ध लगाउने थियो । प्रतिबन्धको हवाला दिंदै सरकारले आफू लोकतान्त्रिक सरकार होइन कि बरु फांसिवादि चरित्रको तानासाह रहेको संदेश दियो । २०७१ साल मंसिर ८ गते पुनर्गठित भएको बिप्लव नेतृत्वको नेकपा स्थापनाकाल बाटै जनता र रास्ट्रकै बिसयमा भएका र गरिएका अस्वभाविक निर्णयहरु, भ्रस्टाचार, तस्करी, कालोबजारी, दलालि र लुटखसोटका बिरुद्ध आन्दोलित हुँदै आएको छ । जनताले त्यो पनि हेरिरहेका छन र समर्थन जनाउदै आइरहेका छन । नेकपाका सम्पुर्ण गतिबिधी राजनितिक रहेको र यसले जनताको पक्षमा काम गरिरहेको अवस्थामा अहिलेको सरकारले प्रतिबन्ध लगाउनुले सरकारको सासकिय क्षमता प्रती गम्भीर अबिश्वास पैदा भएको छ ।
संघ , प्रदेश र स्थानिय तिनै तहका निर्वाचन पछि तिनै तहमा सरकारहरु छन । स्थानिय तहमा यतिबेला तिब्र भ्रस्टाचार छ, स्थानिय सरकारको काम बाट कोहि नागरिक सन्तुष्ट छैनन । झापाका अधिंकास स्थानिय तहमा देखिएको भ्रस्टाचार चुलिएर गएको छ । ५०% बेरुजु फर्छ्यौट हुने अवस्थामा छैन । निर्माणका कामहरुमा देखादेख कमिसनखोरी छ । व्यवशायमा ठूलो करछली छ । खुल्ला सिमाको कारण विभिन्न किसिमका तस्करिहरु भैरहेका छन । स्थानिय सरकारका मान्छेहरुलाइ कसरी हुन्छ सम्पती जोडौं, कसरी लुटौं भन्ने कुरामा ध्यान गएको देखिन्छ । अस्तब्यस्त अवस्थामा मुलुक छ, झापामा त्यो भन्दा नया र फरक छैन बरु झापाका जनप्रतिनिधिहरु भ्रस्ट देखिन्छन । प्रदेश सरकारको भ्रष्टाचार र तस्करीपनि छिपेको छैन । यस्तो अवस्थामा झापाली जनता सरकारको कामबाट आक्रोशीत बनेका छन । यसरी देश बन्दैन भन्ने निस्कर्समा जनता पुगेको पाइन्छ ।
हो यिनै बिसयहरुको बिरोध गर्दै सामाजलाई भ्रस्टाचार र दलाली बाट मुक्त गरेर अघि बढ्नु पर्छ भन्ने बिप्लव नेकपालाइ प्रतिबन्ध लगाउनु कतै बाट पनि जायज नभएको जनताको मत रहेको छ । अर्को कुरा प्रचण्डको नेतृत्वमा संचालित जनयुद्धले उठाएका मुद्धाहरु प्रचण्डले छाडेर भागे पछि सच्चा क्रान्तिकारिले ती बिसयलाइ उठाउनु पर्दथ्यो नेकपाले उठायो त्यसो भएको हुनाले बिप्लव नेतृत्वको नेकपा सच्चा कम्युनिस्ट पार्टि भएको हुनाले, कम्युनिस्ट नाम धारी सरकारी पार्टिको तर्फबाट प्रतिबन्ध लगाइनु लज्जास्पद भएको जनताको बुझाइ रहेको छ । प्रतिबन्ध लगाएर सरकारले आफ्नो विबेक गुमाएको आरोप लगाउदै बरु बार्ता गरेर समस्याको समाधान गरेको भए हुने थियो भन्ने एकथरिको मत रहेको छ । झापाका पुर्व माओवादी केन्द्रका अधिकांस नेता कार्यकर्ताले प्रतिबन्धको बिरोध गरे ।
अन्य राजनितिक दलका नेता कार्यकर्ताहरुको बिसयपनी फरक छैन उनिहरु सबैले प्रतिबन्धलाई अनावश्यक कदम भनेर टिप्पणी गरेका छन । उसो त हामिले सुरक्षाकर्मीहरु संग पनि यो बिसयमा आफ्नो मत मागेका थियौं सुरक्षाकर्मिहरुले पनि दन्द्व नचाहाएको र यो प्रतिबन्धले सरकारलाइ अप्ठ्यारो पर्ने बताए । सुरक्षाकर्मीहरु अब युद्धमा देश नगए हुनेथियो भन्ने मनस्थितिमा देखिन्छन र उनिहरु सरकार आंफैले युद्ध थोपर्न खोजेको हुनाले यो सरकारले मुलुकलाइ बर्वाद बनाउने बताउछन । झापाका अधिकारकर्मिहरु, प्राध्यापकहरु, कानुन ब्यवशायीहरु संगपनि यो बिसयमा हामिले मत मागेका थियौं उनिहरु सबै प्रतिबन्ध समस्याको समाधान होइन त्यसैले प्रतिबन्ध हटाउनु पर्ने बताउछन । यसरी हामी सबै तिर पुगेर जनता यो प्रतिबन्धलाइ के भन्छन भन्ने बिसय बुझ्न चांहादा प्रतिबन्धको बिरोध गरेको पाइयो र अब बिप्लवलाइ साथ दिनुको बिकल्प नरहेको बताउछन ।
निस्कर्स
झापा बिद्रोह र जनयुद्धको सपना माथिको धोका गद्धारी प्रतिको जन आक्रोश, सिके प्रकण मार्फत उत्पन्न आक्रोश, र बिप्लव नेतृत्वको नेकपा माथी सरकारले लगाएको प्रतिबन्ध प्रतिको जन आक्रोशले ३ वटा कुरालाइ छर्लङ्ग गरेको छ । १. जनताको सपना र आकाक्षां माथि ठूलो धोका भयो धोकेवाज हरुलाइ दण्डित गर्दै पुन क्रान्तिलाइ उठाउनु पर्ने र त्यसको नेतृत्व अहिले बिप्लवले गरेको हुनाले नेकपालाइ साथ दिनु पर्ने । २. सिके प्रकरणले हाम्रो मुलुकको रास्टृयता गम्भीर संकटमा पुगेको, नेपाललाई सिक्किमिकरण गर्न खोजिएको, र यसको मतियारी स्वयम केपि सरकारले गरेको अवस्थाले देशको निम्ति लड्न बोल्न आवश्यक देखियो ।
यो स्थितीमा रास्ट्रलाई बचाउन कुनै राजनितिक शक्तीको आवश्यकता पर्ने हुनाले बिप्लव नेतृत्वको नेकपालाइ सबै रास्ट्रवादी दल, नागरिक र समुदायले सहयोग गर्नु पर्ने । ३. बिप्लव नेतृत्वको नेकपा लाई लगाइएको प्रतिबन्ध रास्ट्रवाद माथिको प्रतिबन्ध हो । रास्ट्रघातिहरुको खुले आम हस्तक्षेप बढेर गएको छ । यो बिसयले आम जनता सरकारको यो फांसिवाद र सारत यो रास्ट्रघातको बिरुद्धमा प्रतिरोधमा उत्रनुको बिकल्प छैन भन्ने हो । त्यसैले रास्टृयता, जनतन्त्र, र जनजिविकाको सुरक्षाको ग्यारेन्टी गर्नको निम्ति फांसिबाद लादेर नेपाललाइ टुक्राउदैं अघि बढेको वर्तमान सरकार र सत्ता बिरुद्ध बिप्लवले अघि सारेको बैज्ञानिक समाजबाद स्थापना गर्नको निम्ति आ आफ्नो ठांउबाट आन्दोलित हुनु पर्ने आजको जनस्तरको निस्कर्स देखिन्छ ।
पौडेल विप्लव नेतृत्वको नेकपाका झापा सेक्रेटरी हुन् ।