न्युयोर्क क्वीन्स लाइब्रेरीमा नेपाली बालबालिकालाई नेपाली भाषा शिक्षा सुरु


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

न्युयोर्कको कोरोनामा रहेको लेफ्राक सिटी क्वीन्स लाइब्रेरीमा नेपाली भाषा र नैतिक शिक्षाको कक्षा सुरुवात गरिएको छ । क्वीन्स नेपलिज लायन्स क्लबका अध्यक्ष पुरुषोत्तम पन्थीको पहलमा नेपाली बालबालिकाका लागि भाषा, साहित्य तथा नैतिक शिक्षा कक्षा सुरुवात गरिएको हो ।

साप्ताहिक रुपमा संचालन गरिने उक्त कक्षामा कखरा नजान्ने बच्चाहरुलाई कखराबाटै नेपाली भाषा सिकाइने छ । नेपाली भाषामा अभिवादन लगायतका त्यस्तै आम जीवनमा लागु हुने नैतिक कुराहरु पनि सिकाइने तथा नेपालको बारेमा जानकारी दिइने पन्थीले जानकारी दिनुभयो ।

हरेक शनिबार ३ बजेदेखि सुरु हुने भाषा, साहित्य तथा नैतिक शिक्षा सम्पूर्ण थापा, रुपा भण्डारी, चेतनारायण पाण्डे र आस्था भण्डारीले सिकाउनुहुने भएको छ । ४ बर्षदेखि १९ बर्षसम्मकालाई सिकाइने उक्त कक्षामा आफ्ना बालबालिकाहरुलाई सामेल गराउन चाहने अभिभावकहरुले क्वीन्स नेपलिज लाइन्स क्लब वा त्यसका अध्यक्ष पुरुषोत्तम पन्थीलाई सम्पर्क गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजदेखि सुरुवात गरिएको औपचारिक उद्घाट कार्यक्रमको संचालन पुरुषोत्तम पन्थीले गर्नुभयो भएको थियो । उद्घाटन कार्यक्रममा क्वीन्स नेपलिज लाइन्स क्लबका पूर्व अध्यक्ष मंगलदाश श्रेष्ठ, लायन सुनिता श्रेष्ठ, दोश्रो उपाध्यक्ष बाबुराम गुरुङ, लायन राजेन्द्र खड्का, साहित्यकार कमला प्रसाई, अभिभावकको तर्फबाट सबु सापकोटा लागायतले मन्तब्य दिनुभएको थियो ।

अहिलेसम्म ३० जना बालबालिकाले कक्षामा सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com