बारामा एसईई परीक्षार्थी र प्रहरीबीच झडप


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज-पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

झडपमा एक प्रहरी जवान र केही  विद्यार्थी घाइते भएका छन । विद्यार्थाीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा समेत आगजनी गरेका छन् ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ । विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com